Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

हलिउडमा इन्ट्री गर्न रितेश चाम्सको कोशिश, बेलायतबाट बाहिरियो यस्तो भिडियो

हलिउडमा इन्ट्री गर्न रितेश चाम्सको कोशिश, बेलायतबाट बाहिरियो यस्तो भिडियो

दर्पणनेपाल डटकम :

हलिउड धेरैको सपनाको केन्द्र भन्दा कुनै फरक नपर्ला | आजको बेला फिल्म क्षेत्रमा सबै भन्दा अग्रज स्थानमा छ हलिउड क्षेत्र | अन्तराष्ट्रिय बजारमा हलिउडको आफ्नै चर्चा छ | अहिले हाम्रो छिमेकी राष्ट्र भारतको बलिउड क्षेत्रले पनि हलिउडलाई नै पछ्याई रहेको देखिन्छ | यहि अनुरुप कलिउड क्षेत्र अर्थात् नेपाली चलचित्र क्षेत्रको पनि एउटा गन्तव्य हलिउड संगको यात्रा हो तर त्यो सम्भव कहिले हुने भन्ने कुराको केहि टुंगो छैन | तर पनि नेपाली चलचित्रका केहि व्यक्तिहरुले हलिउड संग नेपाली चलचित्रलाई नजिक लैजानको लागि केहि प्रयास भने गरेकै छन् |

पछिल्लो समय नेपाली चलचित्रको छायांकन पनि विदेशमा हुने गरेको छ | त्यो एउटा ठुलो उपलब्धि पनि हो | यो संग संगै नेपाली कलाकारहरु हलिउडमा प्रवेशको कोशिश कम छैन तर सफल हुने अहिले सम्म कुनै संकेत देखिएको थिएन | तर यहि बीच एउटा भिडियो रिलिज भएको छ | भिडियो हलिउडकै जनरामा तयार भएको हो | नेपाली कलाकार रितेश चाम्स हलिउड कलाकार संग अभिनय गर्दै गरेको एउटा सानो भिडियो क्लिप्स अहिले बजारमा आएको छ | बेलायत पाईनवुड हलिउड सेन्टरमा खिचिएको उक्त भिडियो निकै आकर्षक रहेको छ |

अहिले रितेश चाम्स उक्त सेन्टरमा नै बसेर अभिनय र अरु थुप्रै कुराको ज्ञान लिईरहेका छन् | रितेश चाम्सको अभिनय रहेको उक्त भिडियो रिलिजले नेपाली कलाकारको हलिउडमा इन्ट्रीको सम्भावना केहि हदले बढाएको छ | हलिउडमा नेपाली कलाकारलाई निकै राम्रो तरिकाले हेरिने कुराको पनि विवरण रितेश चाम्सले दिएका छन् | भोलिको दिन अवश्य पनि हलिउडमा नेपाली कलाकारको जमघट हुने विश्वास समेत उनले ब्यक्त गरेका छन् | रितेश चाम्स बेलायतमा बसेर लामो समय देखि नेपाली चलचित्रमा आफ्नो आबद्धता जनाईरहेका छन् |

अहिले उनि केहि समयको लागि नेपाल आईरहेका छन् | उनले केहि नेपाली चलचित्रमा अभिनय गरिसके भने दर्शकहरुबाट राम्रो प्रतिक्रिया पनि हासिल गरिसकेका छन् | उनि अहिले आफ्नो नया प्रोजेक्टको तयारीमा ब्यस्त रहेका छन् | उक्त प्रोजेक्ट आफ्नो लागि धेरै नै विशेष रहेको उनले बताएका छन् | नेपाली दर्शकहरुले नया कुराको आभास र अनुभव अबको दिन गर्न पाउनुहुने र नेपाललाई नै अन्तराष्ट्रिय बजारमा चिनाउन आफ्नो नया प्रोजेक्टले मदत गर्ने उनको भनाई रहेको छ | हेर्नुस भिडियो :


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *