Search
Saturday 16 February 2019
  • :
  • :
Latest Update

रुपन्देहीको देवदहमा पाँच वर्षीय बालिकामाथि सामूहिक बलात्कारको प्रयास

रुपन्देहीको देवदहमा पाँच वर्षीय बालिकामाथि सामूहिक बलात्कारको प्रयास

रुपन्देहीको देवदहमा पाँच वर्षीय बालिकामाथि शुक्रबार बेलुकी सामूहिक बलात्कारको प्रयास भएको छ। देवदह नगरपालिका–५ पानबारी नजिकै स्थानीय पाँच वर्षीय बालिकामाथि सामूहिक बलात्कारको प्रयास भएको हो। बालिका बलात्कार गरेको आशङ्कामा स्थानीय चार युवालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय देवदहका प्रहरी सहायक निरीक्षक भरत थापाले जानकारी दिए। पीडित बालिकाको यौनाङ्गबाट रगत बगिरहेको र उनलाई उपचारका लागि लुम्बिनी अञ्चल अस्पतालमा पठाइएको समेत प्रसनि थापाले जानकारी दिए। पक्राउ परेका पाँच जनालाई नै हिरासतमा राखी अनुसन्धान थालिएको समेत उनले जानकारी दिए। पीडित बालिकाकी आमा माइतीमा सुत्केरी बस्न गएकी र बाबुसमेत सुत्केरी श्रीमती भेट्न गएको अवस्थामा घरमा वृद्ध बाजेबजैसँग रहेकी बालिकामाथि घटना भएको देवदह नगरपालिकाका प्रमुख हीराबहादुर केसीले बताए


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *