Search
Saturday 15 December 2018
  • :
  • :
Latest Update

गुणैगुणले भरिपूर्ण जामुन खानुहोस्

गुणैगुणले भरिपूर्ण जामुन खानुहोस्

१. जामुनले पाचन शक्ति बढाउँछ । जामुन खानाले पेटमा हुने विकारलाई कम गर्छ । २. मधुमेहको उपचारको लागि जामुन एकदमै फाइदाजनक हुन्छ । मधुमेहको रोगीले जामुनको दानालाई सुकाएर पिसेर यसको सेवन गरे सुगरको मात्रा कम हुन्छ । ३. जामुनमा क्यान्सर विरोधी गुण पनि पाइन्छ । कीमोथेरापी र रेडिएिशन थेरापी पछि जामुन खानु फाइदाजक हुन्छ । ४. जामुन खानाले पथरीमा पनि फाइदाजनक हुन्छ । जामुनको दानाको धुलोलाई दहीको साथमा मिलाएर खानाले पथरीमा फाइदाजनक हुन्छ । लिभरको लागि पनि जामुनको प्रयोग फाइदाजनक हुन्छ ।कब्जियत र पेटको रोगमा पनि जामुनको प्रयोग फाइदाजनक हुन्छ । ५. मुखमा घाउ हुँदा जामुनको रसको प्रयोग गर्नु राम्रो हुन्छ । ६. पखाला लाग्दा या रगत मासी पर्दा जामुनको सेवन गर्नु राम्रो हुन्छ । पखाला लाग्दा जामुनको रसलाई सिधे नूनको साथमा मिलाएर खानाले पखाला रोकिन्छ । ७. मुखमा डण्डीफोर आएको समयमा जामुनको दानालाई सुखाएर पिस्नुहोस् । यो पाउडरमा गाईको दूध मिसाएर राती सुत्नेबेलामा लगाउनुहोस् । यो लेपलाई बिहान चिसो पानीले धुनुहोस् । ८. यदि तपाईंको आवाज बसेको छ या बोल्न गाह्रो भइरहेको छ भने जामुनको दानाको काँढा बनाएर मुख कुल्ला गर्नुहोस् । आवाजलाई मधुर बनाउनको लागि जामुनको काँढा फाइदाजनक हुन्छ ।,


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *