Search
Saturday 16 February 2019
  • :
  • :
Latest Update

हट बलिउड अभिनेत्री जरीन खानद्धारा म्यानेजरविरुद्ध प्रहरीमा उजुरी

हट बलिउड अभिनेत्री जरीन खानद्धारा म्यानेजरविरुद्ध प्रहरीमा उजुरी

बलिउड अभिनेत्री जरीन खानले सलमान खानसँग फिल्म ‘वीर’ मार्फत बलिउड डेब्यू गरेकी थिइन् । तिनै जरीन खान यतिबेला उनकै म्यानेजरसँगको विवादका कारण चर्चामा आएकी छिन । जरीन खानले उनकी पूर्व म्यानेजर विरुद्ध प्रहरीमा उजुरी गरेकी छिन् । खबरहरुका अनुसार जरीनले अञ्जली नामकी उनकी पूर्व म्यानेजरले आफुलाई भद्दा म्यासेज पठाउनुका साथै ज्यान मार्ने धम्की दिएको आरोप लगाएकी छिन् ।

अभिनेत्री जरीन खानको उजुरीपछि मुम्बई प्रहरीले अञ्जलीमाथि छानबिन गरिरहेको छ ।खबरहरुका अनुसार अञ्जलीले जरीन खानको म्यानेजरको रुपमा ३(४ महिना मात्रै काम गरेकी थिइन् । त्यस बेला देखिनै पैसाको विषयलाई लिएर जरीन र अञ्जलीबीच विवाद हुँदै आएको थियो । अभिनेत्री जरीन खानले सन् २०१० मा फिल्म ‘वीर’ बाट अभिनेता सलमान खानसँग डेब्यू गरे पनि यो फिल्म फ्लप भएको थियो । त्यस समयमा जरीन खानको तुलना सलमानकी पूर्व प्रेमिका कट्रिना केफसँग गरिन्थ्यो । जरीन खान केही समयअघि फिल्म ‘हेट स्टोरी ३’ र ‘अक्सर २’ मा देखिएकी थिइन् । ती फिल्ममा जरीन खान निकै बोल्ड अवतार देखिएकी थिइन ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *