Search
Saturday 15 December 2018
  • :
  • :
Latest Update

हाँस्नु स्वास्थ्यका लागि अत्यान्तै लाभदायक, हाँस्नुका फाइदाहरु यस्ता छन्

हाँस्नु स्वास्थ्यका लागि अत्यान्तै लाभदायक, हाँस्नुका फाइदाहरु यस्ता छन्

रक्त प्रवाह- खुलेर हाँस्दा शरीरमा रक्त प्रवाह राम्ररी हुन पाउँछ । जब हामी हाँस्छौ, शरीरमा अक्सिजन पुग्छ । अक्सिजनले मुटुको पम्प रेटलाई ठीक राख्न मद्दत गर्छ ।
प्रतिरक्षा प्रणाली बलियो- हाँस्दा हाम्रो रोग प्रतिरक्षा प्रणाली बलियो हुन्छ । यसले हामीलाई विभिन्न रोगसँग लड्न सहयोग गर्छ । स्वास्थ्य जीवनका लागि हाँस्नैपर्छ ।
अनिन्द्राको औषधी- यदि अनिन्द्राको समस्या छ भने, खुब हाँसौ । यसले शरीरमा मेटलाटोनिन नामको हर्मोन बनाउँछ । यो हर्मोनले निन्द्रा लाग्न सहयोग गर्छ
मुटुलाई फाइदा- हाँस्दा हाम्रो मुटुले राम्ररी काम गर्न पाउँछ । साथै नियमित रुपले हाँस्दा हृदयघातको खतरा रहँदैन । हृदयसँग सम्बन्धित रोग पनि लाग्दैन ।
जवान र सुन्दर देखिने- जवान र सुन्दर देखिने चाहाना जो कोहिलाई हुन्छ । यो चाहाना पुरा गर्ने एउटा माध्याम हो, हाँसो । जब खुलेर हाँसिन्छ, अनुहारको मांसपेशीले राम्ररी काम गर्छ । यसले गर्दा अनुहारको चारैतर्फ रक्त प्रवाहुन्छ । यसले सुन्दर र जवान देखिन्छ ।
तनाव हटाउने- तनाव हटाउनका लागि सबैभन्दा राम्रो एवं प्राकृतिक औषधी हो, हाँसो । हाँस्दा हाम्रो मुड परिवर्तन हुन्छ । यसले तनाव हटाइदिन्छ ।
शरीरमा ताजा हावा- जब हामी हाँस्छौं, तब फोक्सोमा ताजा हावा पुग्छ । यसले शरीरमा अक्सिजनको आपूर्ति राम्ररी हुन पाउँछ । हाँस्दा इनर्जी पनि मिल्छ ।-एजेन्सी


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *