Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

अवैध रूपमा काठमाडौँ लान लागेको लागू औषधसहित दुर्इ जना पक्राउ

अवैध रूपमा काठमाडौँ लान लागेको लागू औषधसहित दुर्इ जना पक्राउ

जिल्ला प्रहरी कार्यालय बाराले अवैध रूपमा काठमाडौँ लान लागेको लागू औषधसहित दुर्इ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले बारा जितपुरसिमरा उपमहानगरपालिका ३ बाट उनीहरुलार्इ लागु औषधसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नं. ३२ बस्ने वर्षीय ५० वर्षी नैमुदिन अन्सारी र काठमाडौँ महानगरपालिका १२ का १९ वर्षी लाक्पा शेर्पा रहेका छन् । उनीहरूको साथबाट डाईजेल्याव इन्जेक्सन १५०,फेनार्गन इन्जेक्सन १५० र नुर्फिन इन्जेक्सन १५० गरी जम्मा ४५० पिस इन्जेक्सन बरामद गरेको छ । दुवै जनालाई बारा जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरी अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *