अज्ञात समूहले पेस्तोल देखाएर सर्लाहीको बाँके जङ्गलमा मङ्सिर दिउँसो झण्डै दश लाख रुपैयाँ लुटेर लगेको छ । ईश्वरपुर नगरपालिका–१३, श्रीनगरमा रहेको महारानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष धनेश्वर महतोको साथबाट ९ लाख ९० हजार रुपैयाँ लुटपाट भएको हो । लालबन्दीस्थित नेपाल इन्भेष्टमेन्ट बैङ्कबाट रकम लिएर जाँदै गर्दा दिउँसो साढे १ बजेतिर दुई वटा मोटरसाइकल चढेर आएका चार जना नचिनेका मानिसले आफ्नो साथमा रहेको झोलाबाट रकम लुटेर फरार भएको महतोले बताए । ना ५५ प ९५६३ नं को मोटरसाइकलमा जाँदै गरेका महतोलाई पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँके चौकबाट करिव अढाई किलोमिटर दक्षिण निर्माणाधीन रेलमार्ग नजिक नचिनेका मानिसले हतियार देखाएर रकम लुटपाट गरेका हुन् । कार्यालयबाट पैंसा लिन आइरहने कर्मचारी बिदामा बसेका थिए, त्यसैले म एक्लै पैंसा लिन आएको थिएँ, महतोले भने‘ दक्षिणतर्फबाट आइरहेको एउटा टिपर पछि–पछि आइरहेको थियो, उनीहरुले म पुगेको ठाउँबाट टिपर कट्ने बित्तिकै मलाई मोटरसाइकल रोक्न लगाए, त्यसपछि टाउको र हातमा हिर्काएर झोला खोसेर लगे ।’ आफ्नो साथबाट पैंसा लुटिने बित्तिकै प्रहरीमा खबर गरेको महतोले बताए । सर्लाही प्रहरीले लुटपाटमा संलग्नको खोजी तीव्र पारिएको जनाएको छ । जिल्लाको सबैक्षेत्रमा मोटरसाइकल रोकेर कडाईका साथ चेकजाँच गरेर लुटपाटमा संलग्नहरुको खोजी गरिरहेको सर्लाही प्रहरीका प्रवक्ता डिएसपी विश्वराज खड्काले जानकारी दिए ।
अज्ञात समूहले पेस्तोल देखाएर सर्लाहीको बाँके जङ्गलमा झण्डै दश लाख रुपैयाँ लुटे

Loading...
Previous Postअवैध रूपमा काठमाडौँ लान लागेको लागू औषधसहित दुर्इ जना पक्राउ
Next Postइन्डोनेसियामा १६ ‘मजदूर’ मृत फेला