Search
Saturday 15 December 2018
  • :
  • :
Latest Update

इन्डोनेसियामा १६ ‘मजदूर’ मृत फेला

इन्डोनेसियामा १६ ‘मजदूर’ मृत फेला

इन्डोनेसियाको सुरक्षा फौजले बिहीबार १६ जनाको शव भेटिएको जनाएको छ । पपुआ प्रान्तमा भएको घटना पृथकतावादी विद्रोहीहरूले केही दिन पहिले गराएको हुनसक्ने सरकारी अधिकारीहरूले बताएका छन् । मारिएकाहरू निर्माण मजदुर रहेको विश्वास गरिएको छ । हिंसामा परी उनीहरु मारिएको प्रारम्भिक विवरण आएपनि पुरै विवरण भने आउन बाँकी रहेको प्रहरीले बताएको छ ।

अधिकांश मृतकको शरीरका विभिन्न भागमा गोली लागि बनेका घाउ भेटिएका र केही व्यक्तिको घाँटी रेटी हत्या गरिएको हुनसक्ने आशङ्कामा अनुसन्धान अघि बढाइएको प्रहरीले जानकारी दिएको छ । पहाडी तथा दुर्गम क्षेत्र डुगा जिल्लामा गत आइतबार विद्रोहीले उक्त हिंसा गरेको हुनसक्ने प्रहरीले थियो । घटनास्थलबाट उनीहरूको शव तिमिकामा पठाइएको स्थानीय सैन्य प्रमुख बिन्सार सिनीपारले जानकारी दिनुभयो ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *