Search
Saturday 15 December 2018
  • :
  • :
Latest Update

रामका परमभक्त हनुमानका बारेमा तपाईलाई थाहा नभएका रोचक जानकारी

रामका परमभक्त हनुमानका बारेमा तपाईलाई थाहा नभएका रोचक जानकारी

महाभारतका प्रमुख पात्र मध्येका एक हनुमान रामका परमभक्त थिए। वायुपुत्र हनुमान जुनसुकै रुप धारण गर्न सक्ने र अति शक्तिशाली थिए।
हनुमान बलमा मात्र होइन बुद्धि,विवेक र धैर्यता लगायतका कुरामा पनि अब्बल मानिन्छन्।रावण रामका परमभक्त थिए र रामको कुनैपनी आदेश काट्दैन थिए।हनुमानलाई बजरंगबली समेत भनिन्छ उनको शरीर एक वज्रको समान थियो।सीतालाई लंकाका राजा हनुमानले अपहरण गरेर लगेपछि हनुमान सीता माताको खोजीमा समुन्द्रको आकाशमाथि उडेर लंका पुगेका थिए।लंकामा पुगेर सीता माताको दर्शन गरेपछि हनुमानले लंकाको राजवाटिका बिगार्न थाले।बगैंचामा जथाभावी गरेको देखेर रावणका सेनाहरुले हनुमानलाई पक्रन खोजे तर हनुमानले रावणका सबै सेनालाई परास्त गरे।पछि रावणका एक पुत्रलाई समेत मारिदिएपछि हनुमानलाई अति शक्तिशाली अर्का रावणपुत्र इन्द्रजितले पक्रेर रावणको राजसभामा लगेका थिए।

राजसभामा रावणले हनुमानलाई मृत्युदण्डको सजाय सुनाउँदा रावणका भाई धर्मात्मा विभिषणले रोकेपछि रावणले हनुमानको पुच्छरमा आगो लगाउने सजाय सुनाए।तर रावणको यस्तो निर्णय उ स्वयंलाई घाटा पुर्याएयो। पुच्छरमा आगो लगाएपछि हनुमानले लंका जलाएर सखाप पारिदिए।हनुमान सानोमा चकचके स्वभावका थिए।एकपटक उनी सूर्यलाई फल सम्झेर खाने उद्धेश्यले आकाशमा उडेका थिए।चौथोपटक उनी इन्द्रजीतको वाण लागेर मृत्युमा पुगेका लक्ष्मणलाई बचाउने उद्देश्यले उडेर द्रोण पर्वतसम्म पुगेर उक्त पर्वतलाई नै उचालेर लिई आएका थिए । पाँचौँपटक राम र लक्ष्मणलाई अहिरावणको कब्जाबाट फुत्काउन उडेर पाताल लोकसम्म पुगेका थिए ।हनुमान धर्तीको अन्त्य नभएसम्म यसै धर्तीमा रहनेछन् र आजपनी धर्तीमा घुमिरहेका छन् भन्ने धार्मिक विश्वास रहेको छ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *