Search
Saturday 16 February 2019
  • :
  • :
Latest Update

३ लाख मूल्य बराबरको धनमाल चोरी

३ लाख मूल्य बराबरको धनमाल चोरी

झापाको शिवसताक्षी नगरपालिका-९ शिवचोक स्थित केशब प्रसाद ढुंगानाको घरमा बुधबार राती चोरी भएको छ । ढुंगाना लगायत घरका सबै सदस्य सत्ताक्षीधाम पुराणमा गएको अवस्थामा घरको छतको ढोका फोडेर भित्र रहेको सुनको गहना ४ तोला ६ आना, झर्के थाल-६ थान, नगद २९ हजार, १ हजार मूल्य बराबरको रिचार्ज कार्डसहित अन्दाजी ३ लाख बराबरको धनमाल चोरी भएको हो । पुराणबाट आज बिहान ढुंगानाको परिवार घर आउनासाथ चोरी भएको थाहा पाए पछि तत्काल ईलाका प्रहरी कार्यालय झिलझिलेलाई खबर गरेका थिए ।घटनाबारे जानकारी पाउनासाथ तत्काल इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी टोली परिचालन भई घटनाबारे अनुसन्धान तथा चोरीमा संलग्नहरुको खोजीकार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *