गायिका मेनुका पौडेल भारतीय रियालिटि शो ‘सारेगमप’ को टप ११ बाट बाहिरिएकी छन्। पौडेलले फेसबुक मार्फत कार्यक्रमबाट बाहिरिएको जानकारी दिएकी हुन्। उनले फेसबुकमा लेखेकी छन्, ‘टप ११ सम्म आइपुग्नु मेरो लागि धेरै ठूलो गर्वको कुरा हो अर्को साल फेरि यो कार्यक्रममा आउनु पर्छ भन्ने लागेको छ, आज झापा आउदै छु भोलि काठमाडौँ आइपुग्छु । अड्किएका यति धेरै काम हरू अब हामी फटाफट सुरु गर्ने छौ आशा छ की यहाँहरु को माया साथ आशिर्वाद सधैँ रहने छ । मेनुका ‘सारेगमप’ मा जाने पहिलो नेपाली कलाकार हुन्। मेनुका नेपाल आइडलको पहिलो सिजनकी सहभागी हुन्। उनी नेपाल आइडलमा पनि टप ११ बाट बाहिरिएकी थिइन्।
गायिका मेनुका पौडेल भारतीय रियालिटि शो ‘सारेगमप’ को यात्रा टप ११ सम्म
Dec 06, 2018Admin123Entertainment0Like

Loading...
Previous Postसोनी राजभण्डारीको स्वरमा रहेको नयाँ गीत ‘साटुकी मेरो मन’सार्वजनिक
Next Postमोरङको रंगेलीमा आगलागीबाट डेढ लाखको क्षति