Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

मोरङको रंगेलीमा आगलागीबाट डेढ लाखको क्षति

मोरङको रंगेलीमा आगलागीबाट डेढ लाखको क्षति

मोरङको रंगेली नगरपालिका-२ माझी टोल बस्ने राजु सुनुवारको घरमा आगलागी हुँदा अन्दाजी १ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ ।साँझ साढे ७ बजेको समयमा केटा-केटीहरु मैनबत्ती बालेर छिमेकीको घरमा टिभी हेर्न जाने क्रममा सुनुवारको फुसको छानो भएको घरमा आगलागी भएको थियो । आगलागीबाट घर तथा घर भित्र रहेका सम्पूर्ण सर-सामान जलेर नष्ट भएको छ । घटनास्थलमा अस्थाई प्रहरी चौकी बेतौनाबाट प्रहरीको टोली खटि गई स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *