Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

एलोभेराका अनौठा केही फाइदाहरु यस्ता छन्ः

एलोभेराका अनौठा केही फाइदाहरु यस्ता छन्ः

१. एलोभेराको प्रयोगले रगतको कमीलाई हटाँउछ । शरीरको रोग प्रतिरोधी क्षमतालाई बढाँउन मदत गर्छ । यसले रगतमा ग्लुकोजको मात्रालाई पनि बढाँउछ । २. एलोभेराको जेल निकालेर कपालमा लगाएमा कपाल कालो, लामो, बाक्लो र मजबुत हुन्छ । एलोभेरा जेल वा जुसलाई मेहन्दीमा मिसाएर कपालमा लगाएमा कपाल चमकदार र स्वस्थ हुन्छ । ३. एलोभेरामा १८ किसिमका धातु, १५ खालका एमिनो एसिड र १२ खालका भिटामिनहरु पाइन्छन् । यसको सेवनबाट धेरै पौष्टिक पदार्थहरु पाउन सकिन्छ । ४. यसको काँडायुक्त पातहरुलाई काटेर रस निकालेर विहान खाली पेटमा ३(४ चम्चा खाएमा शरीरमा दिनभर शक्ति बढ्छ र शरीर चुस्त दुरुस्त हुन्छ । यसले गर्मी पनि काट्छ ।५. आगोले पोलेको, काटेर चोट लागेको ठाँउमा एलोभेरा लगाइदिएमा आफ्नो एन्टी ब्याक्टेरिया र एन्टी फंगल गुणको कारण यसले घाउलाई चाँडै निको बनाइदिन्छ । ६. टाउको दुख्ने, डायबिटिज, गर्भाशयको रोग, पेटको खराबी, चाँयापोतो, रुखो छाला, घामले डढेको छाला, अनुहारको दागधब्बा, आँखाको कालो घेरा आदि समस्याहरु हटाउन एलोभेरा धेरै नै लाभदायक हुन्छ । ७. एलोभेराको जेललाई छालामा लगाउनु पनि त्यत्तिकै लाभदायी हुन्छ । लामखुट्टेको टोकाइबाट छाला बिग्रिएमा पनि यसको प्रयोगले छालाको सुरक्षा गर्छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *