Search
Sunday 17 February 2019
  • :
  • :
Latest Update

गोदावरीबाट पानी लिएर आएका ट्यांकरहरु :पानीमा पनि भ्याट…

गोदावरीबाट पानी लिएर आएका ट्यांकरहरु :पानीमा पनि भ्याट…

काठमाडाै।गोदावरीबाट पानी लिएर आएका ट्यांकरहरु टौखेलको ढाटअघि रोकिनुपर्छ ।त्यहाँ गोदावरी नगरपालिकाले ठेक्का दिएको कम्पनीका कर्मचारीले प्रत्येक पानी ट्यांकरसँग कर उठाउँछन् । त्यहाँ जारी हुने बिलबिजकअनुसार उक्त करको दर सानो ट्यांकरको सय र ठूलोको १ सय ५० रुपैयाँ देखिन्छ ।

यसरी लाग्ने करमा थप १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) भनेर थप असुलिन्छ । आजको कान्तिपुरको पृष्ठ ४ मा यो समाचार छापिएको छ । अर्थात ठूलो ट्यांकरले १ सय ५०, नाम नखुलेको करसहित भ्याटबापत १९ रुपैयाँ ५० पैसा जोडेर कुल १ सय ६९ रुपैयाँ ५० पैसा बुझाउँछन् ।सरकारले अत्यावश्यक वस्तु भनी पानीमा भ्याट छुट दिएको छ । वस्तु तथा सेवाको मूल्यमा हुने अभिवृद्धिमा लाग्ने कर नै भ्याट हो । तर, गोदावरी नगरपालिकाले भने पानीमा पनि भ्याट लगाउने गरी ठेक्का दिएको हो ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *