Search
Sunday 17 February 2019
  • :
  • :
Latest Update

काठमाडौ होस्टेलमा बस्दा आफैले नै आफ्नो नाङ्गो तस्बिर खिचेकी यी युवतीको फोटो सामाजिक संजालमा भाइरल !

काठमाडौ होस्टेलमा बस्दा आफैले नै आफ्नो नाङ्गो तस्बिर खिचेकी यी युवतीको फोटो सामाजिक संजालमा भाइरल !

राजधानीको खिचापोखरीस्थित फेन्सी पसलमा काम गर्ने युवतीको फेसबुक म्यासेन्जरमा ‘अनौठो’ तस्बिर आयो । त्यो तस्बिरमा अनुहार उनकै थियो भने शरीर भने अर्कै महिलाको । परिचित युवकले पठाएको सो तस्बिर बोकेर महानगरीय प्रहरी अपराध महाशाखा टेकु पुगेकी पीडित युवतीले पीडक युवकविरुद्ध विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा उजुरी गरिन । त्यसको भोलिपल्टै पक्राउ परेका पीडक युवकले प्रेममा धोका भएपछि यस्तो अपराध गरेको स्वीकारे ।

कान्तिपुर दैनिक लेख्छ-फेन्सी पसलमा काम गर्दा गर्दै एकअर्काप्रति नजिकिएका युवक र युवतीबीचको सम्वन्ध केही वर्ष राम्रो नै रह्यो । तर, युवतीका क्रियाकलापप्रति शङ्का लागेपछि बदनामी गराउन भन्दै उनले अर्कै युवतीको नाङ्गो तस्बिरमा परिचित युवतीको टाउको टाँसेर पठाएको स्वीकारेका छन् ।

त्यस्तैं, राजधानीको एकचर्चित अस्पतालमा कार्यरत युवतीलाई पनि त्यस्तै समस्या प¥यो । फेसबुकमा उनकै नामबाट खोलिएको एक झुठा फेसबुक आइडीबाट नाङ्गा तस्बिरहरू पोष्ट गरिनुका साथै मोवाइल नम्वर समेत सार्वजनिक गरेको पाइयो । वाल पेजमा पनि उनकै फोटो राखिएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीसँगको बयानमा ती युवतीले फेसबुकमा पोष्ट गरिएका तस्बिरहरू भने आफूले नै खिचेको स्वीकारिन् । तर, नक्कली फेसबुक आइडी बनाएर तस्बिर सार्वजनिक गर्नेको भने पहिचान हुन सकेन ।

ती युवतीले उच्च अध्ययनको क्रममा होस्टेलमा बस्दा आफैले नै आफ्नो नाङ्गो तस्बिर खिचेकी थिइन । साइवर अपराधको अनुसन्धानमा संलग्न प्रहरी नायव निरीक्षक राजेश महर्जन विद्युतीय भन्दा सामाजिक अपराध बढेको बताउछन् । विशेष गरी फेसबुकमा फेक आइडी बनाएर रिस परेको व्यक्तिको चरित्र हत्या गर्न एउटाको तस्बिरमा अर्कै ब्यक्तिको टाउको जोडेर फोटोहरू सार्वजनिक गरिदिने, यौन सम्वन्ध कायम राख्न र आर्थिक लाभ लिन बार्गेनिङ गर्ने समस्या बढेको उनले बताए ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *