Search
Sunday 17 February 2019
  • :
  • :
Latest Update

रोमियो एण्ड मुनाको मल्टिप्लेक्स टार्गेट, चि मुची ची कता ?

रोमियो एण्ड मुनाको मल्टिप्लेक्स टार्गेट, चि मुची ची कता ?

काठमाडौं। भोली शुक्रवारबाट तीन नेपाली फिल्महरु एक साथ रिलिज हुदैछ । विनय श्रेष्ठले निर्माण गरेको फिल्म रोमियो एण्ड मुना, सिल्भर लेक पिक्चर्सको ब्यानरमा निर्मित चि मुची चि र सकुलगुण्डा लगायत तीन फिल्म रिलिजमा आउन लागेको हो । सुकुलगुण्डा पुरानो फिल्म हो । जुन प्रचारवीना रिलिजमा आउन लागिएको हो । यता तामझाम प्रचार सहित आउन लागेको दुई फिल्म रोमियो एण्ड मुना र चि मुची चिको हल टागेर्ट हेर्ने हो भने चि मुची चि लाई व्यवसायमा गाह्रो हुने देखिएको छ ।

फिल्म रोमियो एण्ड मुना मल्टिप्लेक्स टार्गेट फिल्म हो जसलाई क्युएफएक्स सर्भरले मात्र १० शो दिईएको छ । यता मल्टिप्लेक्समा समेत रोमियो एण्ड मुनाले राम्रो शो पाएको छ । तर संगै रिलिज हुने चि मुची चिलाई भने मल्टिप्लेक्सले १ शो का दरले पनि दिन तयार भएको देखिदैन । पुरा एफएकस सर्भरले चि मुची चिलाई जम्मा २ शो मात्रै दिईएको छ । यता सिंगल थिएटरमा काठमाडौं बाहिर राम्रो हल चि मुची ची को हुन सक्ने अनुमान गरिएको छ । फिल्मको नाम झट्ट सुन्दा कमेडी लाग्छ तर फिल्मको ट्रेलर हेर्दा सस्पेन थ्रिलर जस्तो देखिन्छ

जसको कारण दर्शक झुक्किने त होईन भने शंका पनि छ । यस्तै रोमियो एण्ड मुनाले शुरुमै विवादस्पद गीत स्याण्डवीच रिलिज गरेका थिए । भल्गर भएकै कारण नकरात्मक टिप्पणी बढि गीतमा भएको थियो । हुन त सिंगल थिएटरमा भल्गर भनिएकै फिल्महरु चलेको उदाहरण पनि छ । एकताका एटिएम नाम गरेको फिल्म भल्गर हुँदा हुदै दुई दिन मात्र रिलिज हुँदा पनि राम्रो व्यापार गरेको थियो ।

फिल्म रोमियो एण्ड मुनाले पनि सिंगल थिएटरमा यस्तै कब्जा जमाए चि मुची चि लाई असर पर्न सक्छ । यसै पनि मल्टिप्लेक्समा शो कम पाएको चि मुची चि लाई सिंगलमा पनि प्रभाव रहे बक्स अफिसमा घटबढ हुन जान्नेछ । यद्यपि फिल्म चि मुची ची कस्तो छ भन्नेमा पनि फिल्मको बक्स अफिस रिपोर्ट निर्भर रहन्छ । जुन आईतवार सम्ममा सबै थाहा हुनेछ । फिल्म रोमियो एण्ड मुनामा विनय श्रेष्ठ, श्रृष्टि श्रेष्ठ, प्रज्वल सुजल गिरी लगायतको अभिनय रहेको छ । फिल्मलाई नरेश कुमार केसीले निर्देशन गरेका हुन् । यस्तै चि मुची चिमा शुशान्त कार्की, अलिशा शर्मा र सुनिल क्षेत्री लगायतको अभिनय रहेको छ । फिल्ममा दिनेश श्रेष्ठको निर्देशन रहेको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *