Search
Sunday 17 February 2019
  • :
  • :
Latest Update

शान्ति प्रिय, सन्तोष र सहिमा श्रेष्ठको कम्बिनेशनमा बनेको मौलिक तिज गित

शान्ति प्रिय, सन्तोष र सहिमा श्रेष्ठको कम्बिनेशनमा बनेको मौलिक तिज गित

काठमाडैं । हरेक वर्ष तीजका अवसरमा आफ्नो सांगीतिक कोसेली लिएर आउने गरेकी गायिका सहिमा श्रेष्ठले यस पटक पनि पहिला नम्बर सुन बोलको तीज गीत लिएर आएकी छिन् । मौलिक एवं सांस्कृतिक पर्वको रुपमा परिचित तीजको अवसरमा उनले लीएर आएको तीज गीत पहिला नम्बर सुन उनले यहि बिहिबार युट्यूव मार्फत रिलिज गरेकी छिन् ।

वरिष्ठ पत्रकार एवं गीतकार शान्तिप्रियको शब्द रहेको छ भने युवा संगीतकार सन्तोष श्रेष्ठले यस गीतको लय/संगीत तयार पारेका छन् । गीतको एरेञ्ज कृष्ण पुनले गरेका हुन् भने गीत प्रिज्म रेकर्डीङमा रेकर्डीङ गरिएको हो । गीतको आकर्षक भिडियो तयार पारिएको छ । भिडियोको छायांकन वरिष्ठ छायांकार शिव ढकालले गरेका छन् भने सम्पादन विष्णु शर्माको रहेको छ । गीतको कोरीयोग्राफी तथा निर्देशन अभिनेत्री पवित्रा आचार्यले गरेकी हुन् ।

गीतमा मौलीक लय–संगीतको साथै मौलीक शब्दहरु प्रयोग गरिएको छ । आकर्षक भिडियोमा अभिनेत्री खुश्वु खड्का तथा गायिका स्वयम् सहिमा श्रेष्ठलाई फिचरीङ गरिएको छ । गीत वीणा म्यूजिकले बजारमा ल्याएको हो ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *