Search
Sunday 17 February 2019
  • :
  • :
Latest Update

तीजको गीतमा अनिताले नचाईन् निता र रामजीलाई यसरी

तीजको गीतमा अनिताले नचाईन् निता र रामजीलाई यसरी

महिलाहरुको महान चाड तीज दिदी बहिनी संगको भेटघाट रमाईला कुरा अनी आफ्ना पिडाले भरिएका कुराका कारण पनि तीज अझ खास हुन्छ । त्यसमा सुगन्ध दिन्छ नेपाली पन र तीज सम्बन्धी गीत संगितले । आम जनतालाई भन्दा पनि गायक गायिका अनि नायक नायिकाहरुलाई भने यसको रौनकले छोईसकेको छ । पछिल्लो क्रममा दिनहुँजसो विभिन्न गायक गायिकाको स्वरमा तीज लक्षित गीतहरु बाहिर आइरहेका छन् ।

यही तीजको रौनकले छुने बेला रामजी खाँड र अनिता चलाउनेको स्वर समावेश पछिल्लो तीज विशेष गीति भिडियो हालै सार्वजनिक भएको छ । सार्वजनिक गीत डान्सिङ फ्लेभरको छ । ‘नहेर राजै त्यसरी’ बोलको गीतमा अभिनेत्री नीता ढुङ्गानाले कम्मर मर्काएकी छिन् ।

नीताले रोमान्टिक मुडमा नहेर राजा त्यसरी भन्दा उनलाई साथमा साथ गायक रामजी खाँडले नै दिएका छन् । घनश्याम रिजालको शब्द समावेश गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका छन् दुर्गा पौडेलले खिचेको भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका छन् । गीतमा संगीत गायक तथा मोडल समेत रहेका खाँडको नै छ ।

<iframe width=”330″ height=”186″ src=”https://www.youtube.com/embed/c85dnGWvRiY” frameborder=”0″ allow=”autoplay; encrypted-media” allowfullscreen></iframe>

 


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *