Search
Sunday 17 February 2019
  • :
  • :
Latest Update

बिचौलिया विगविगी बढेपछि किसानहरु उत्रिए आन्दोलनमा

बिचौलिया विगविगी बढेपछि किसानहरु उत्रिए आन्दोलनमा

किसानको खेतबाट २० रुपैयाँमा किनिएको तरकारी आम उपभोक्ताको भान्सासम्म पुग्दा ८५ देखि एक सय रुपैयाँ सम्म महंगिने गरेको छ । यसैले पनि प्रष्ट गर्छ तरकारीमा विचौलियाको भूमिका । तर पनि सरकार र सम्बन्धित निकाय मौन बसे पछि बिचौलिया विगविगी तोड्न कृषकहरु आन्दोलनमा उत्रिएका छन् ।

किसानसँग किनेको तरकारीको मूल्य किसानले तोक्न पाउँदैनन् । बिचौलियाले खरिद गरिसकेपछि थोक बिक्रेताको हातमा पुगेपछि मात्र किसानले पाउने मूल्य तोकिन्छ । किसानबाट खरिद गरिएको सस्तो तरकारी बिचौलियाका कारण उपभोक्ताले महँगोमा किनेर खान बाध्य छन् । किसानसँग २० रुपैयाँमा किनेको कुनै पसिन तरकारी आम उपभोक्ताको हातमा पुग्दा ७५ रुपैयाँदेखि एक सय रुपैयाँसम्म पर्छ । कृषकको आफ्नो मेहनत र पसिनाको मुल्य अर्कैले तोक्ने गरेको भन्दै कृषकहरु एकीकृत भएका हुन ।

सरकारले तत्काल आफ्ना मागहरु प्रति गम्भीर बन्न पनि पनि किसानहरुका माग छ । सरकारले किसानलाई महत्वमा नराखेको गुनासो गर्दै अब पनि यहि अवस्था रहे किसानहरु संघर्सको बाटो अपनाउने उनीहरुको चेतावनी छ ।

सरकारले कृषिमा कायम सिन्डिकेटका कारण तरकारी महँगो भएको र कृषिमा कायम सिन्डिकेट नतोडेसम्म किसान र उपभोक्ता दुवै ठगिने भएकोले सरकार कृषिमा हुने सिन्डिकेट तोड्न लागि परेको बताउदै आएको छ ।

सरकारले कृषिका लागि जतिसुकै राम्रा योजन ल्याए पनि नीति तथा नियमनमा ध्यान नदिए सम्म कृषकले राहत पाउन नसक्ने कृषकहरुको ठम्याई छ । सरकारले कृषिउत्पादनमा न्युनतम मूल्य नतोक्दा र भारतबाट आयातित वस्तुहरुलाई बजार सहजरुपमा उपलब्ध हुँदा किसानहरु थप मारमा परेको उनीहरुको गुनासो छ ।

कृषकहरुको सामुहिक संगठन किसान चौतारी नेपालले १० बँुदे माग सहित सरकारलाई ध्यानाकर्षण पत्र बुझउने तयारी गरेको छ । यसबाट सरकार थप गम्भीर नबने थप आन्दोलन गर्ने उनीहरुको चेतावनी छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *