Search
Sunday 17 February 2019
  • :
  • :
Latest Update

५ तस्बिरमा हेर्नुस मोडल तथा गायिका ज्योति मगर, हेरेको हेरे हुनुहुनेछ

५ तस्बिरमा हेर्नुस मोडल तथा गायिका ज्योति मगर, हेरेको हेरे हुनुहुनेछ

दर्पणनेपाल डटकम :
ज्योति मगर अस्लिल हर्कतले चर्चा जमाई राख्ने एक पात्र हुन् । उनका अनेकौँ हर्कतहरु छन् । कहिले मदिराले मातेर देखाएको नृत्य चर्चामा छ त कहिले नग्न तस्विर खिचाएर सामाजिक सञ्जालमा भाईरल बन्ने हर्कत चर्चामा छ । उनका अधिकांश गीत हेर्ने हो भने आधा शरीरपनि छोपिएको हुन्न । यतिमात्र हैन त्यस्ता गीत सुटिङ्गका क्रममा सुटिङ्ग स्पट नजिक रहने सबै लाजले आच्छु आच्छु हुनेगरी ज्योति प्रस्तुत हुने गर्दछिन् । केही सुटिङ्गका क्रममा खिचिएका तस्विरहरु यस्ता छन् ।


को हुन् ज्योति मगर ?

रोल्पाको नुवागाउँमा जन्मेकी ज्योति मगर हाल काठमाडौँ काँडाघारीमा बस्छिन् । पछिल्लो समय निकै चर्चामा रहेकी उनी दर्शकमाझ गायिकाका रुपमा ‘उही मूलाको सिन्की उही मूलाको चाना’बाट चर्चित भएकी हुन् । ज्योति मगर लोक गायिकाको रुपमा परिचित नाम हो । उनी विभिन्न कारणले बेलाबेलामा विवादमा पनि आउने गर्छिन । विशेष गरी गायिकाका रुपमा आफ्नो छवी बनाएकी मगर स्टेज कार्यक्रमहरुमा आफनो नृत्य पनि प्रस्तुत गर्छिन् । उनी बेलाबेला छोटा लुगा र आफ्नो बोल्ने शैलीका कारण विवादमा मुछिन्छिन् ।


हट र सेक्सी हुनु उनको शोख भएको उनले समय समयमा भन्ने पनि गरेकी छन् । उत्तेजक नृत्यसँगै गीत गाउने ज्योती भनेपछि युवा हुरुक्कै हुन्छन् । भल्गर प्रस्तुति भनेर उनको आलोचना सर्वत्र छ । भलाई भल्गर भन्छन् भनेर उनी आफैं भन्छिन । स्टेज चढेपछि सेक्सका कुरा भन्न नविर्सने ज्योति बेलाबेलामा सामाजिक सन्देश पनि बाँड्छिन् । सचेत पनि गराउँछिन् तर प्रस्तुति भल्गर नै हुन्छ । तै पनि उनको क्रेज भने बढ्दो छ । बलेको आगो सबैले ताप्छन ज्योतिको यो क्रेज अनि यो भल्गर कहिले सम्म टिक्छन ? यो भने भविष्यमा देखिने छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *