Search
Sunday 17 February 2019
  • :
  • :
Latest Update

सकियो मोडल पवन थिङको मलेसिया बसाई, यस्तो तयारीका साथ नेपाल आउदै

सकियो मोडल पवन थिङको मलेसिया बसाई, यस्तो तयारीका साथ नेपाल आउदै

दर्पणनेपाल डटकम :
नेपालमा जस्तै प्रवासमा बसेर नेपाली गीत संगीत र कलालाई माया गरेर यस क्षेत्रमा लागिपर्ने धेरै व्यक्तिहरु हुनुहुन्छ | विदेशी भूमिमा रहेर पनि आफुले सक्दो समय निकालेर नेपाली कला क्षेत्रमा नै समर्पित हुने धेरै व्यक्तिहरु मध्य एक हुन् मोडल पवन थिङ | यो नाम अहिले धेरैको माझमा चिर परिचित रहेको छ | उनले गरेको कामले नै उनलाई धेरैको माझमा चिनाएको हो | हाल उनि मलेसियामा रहेका छन् | तर उनि अब केहि दिनमा नै नेपाल आउदैछन् | मलेसिया बसेको उनको करिब ३ वर्ष बित्यो तर उनलाई अब नेपालको माटोले तान्यो | यसकारण नेपाली म्युजिक भिडियो क्षेत्रमा नै केहि नया कुरा गर्ने सोच बोकेर उनि नेपाल आउदैछन् | उनलाई विदेशमा रहेका साथीहरुले बिदाई पनि गरिसकेका छन् | उनि अबको १-२ दिन भित्रमा नै नेपाल आउदैछन् | नेपालमा आएर नया ढंगले आफ्नो कला क्षेत्रको यात्रालाई सुरु गर्ने उनको भनाई रहेको छ |

३ बर्ष मलेसियामा उनले बिताउदै गर्दा उनको म्युजिक भिडियो क्षेत्रमा यात्रा सुरु भएको डेढ बर्ष मात्र पुग्यो | तर उनले आफ्नो अभिनय यात्रा भने मलेसिया देखि नै सुरु गरेका हुन् | हुन त उनले नेपालमा हुँदा पनि कोशिश भने नगरेका होइनन तर उनि कुनै तरिकाले पनि सफल भने हुन सकेनन | तर मलेसिया गए पछि भने उनले पछाडी फर्केर हेर्नु परेन | डेढ बर्षको अन्तरालमा उनले करिब आधा दर्जन भन्दा बढी म्युजिक भिडियोमा प्रमुख भूमिकामा अभिनय गरे | फरक फरक पात्रमा उनले आफ्नो बेग्लै चरित्र निर्वाह गरे | उनको कामको सहि मुल्यांकन हुँदै गयो र आज उनि दर्शकहरुको माझ कुशल मोडल तथा अभिनेताको हिसाबले चिनिए | नेपालमा आएर पनि उनको केहि नया नै गर्ने सोच रहेको छ जसको लागि उनि मानसिक रुपले सशक्त र तयार भएर नेपाल अवतरण गर्दैछन् |

प्राप्त जानकारी अनुसार अहिले नेपालमा उनको नया प्रोजेक्टको काम सुरु भईरहेको छ | ठुलो टिम संगको सहकार्यमा उनको नया म्युजिक भिडियोको काम भईरहेको जानकारी प्राप्त भएको छ | आफु नेपाल आउन साथ उक्त प्रोजेक्टमा निकै मेहेनत गरेर अगाडी बढ्ने उनको धारणा रहेको छ | उनको यस प्रोजेक्टमा धेरै व्यक्तिहरु जोडिएको उनले बताए | अहिले एउटा टिमको हिसाबले काम भईरहेको पनि उनले जानकारी दिए | सम्भवत यो म्युजिक भिडियो अहिले सम्मकै उनको म्युजिक भिडियो भन्दा फरक पनि हुन सक्छ | तर उनले अहिले नै आफ्नो नया कामको विषयमा कुनै खुलासा गरेका छैनन् | उनले अब आफु नेपाल आएपछि उक्त कामको बारेमा जानकारी दिने बताए | विदेशमा बसेर आफुले धेरै दुख गरेको अब आफ्नै देशमा बसेर केहि गर्छु भन्दै उनले आफ्नो मनको भाव पोखेका छन् |

सबैलाई थाहा नै छ विदेशको जीवन कति गार्हो छ | त्यस्तो अवस्थामा पनि उनले नेपाली कला क्षेत्रमा समय खर्चिन सके यो नेपाली कला क्षेत्रको लागि पनि महत्वपूर्ण कुरा हो | हुन त पवनले नेपाल आएर पनि अवश्य पनि धेरै चुनौतीको सामना गर्नु नै पर्छ तर उनलाई चुनौती संग लड्ने अनुभव छ | यसकारण पनि अबको चुनौती उनको यात्रामा त्यति सारो बाधा नबन्ने देखिन्छ | हुन त यो उनको मेहेनतमा पनि भर पर्ने कुरा हो | मेहेनत संग संगै उनलाई उनको भाग्यले पनि कति हद सम्म साथ दिनेछ त्यो समयले नै बताउने छ | तर दर्शकहरुले उनिबाट धेरै कुराको आश गरेको देखिन्छ | उनि सक्दो मेहेनत गर्ने दृढ संकलप बोकेर नै नेपाल आउदैछन् | उनको हिम्मतले केहि गरेर नै देखाउने सम्भावना पनि देखिन्छ | अब नेपालमा आएर उनले दर्शकहरुको लागि के दिन सक्नेछन् त्यसको लागि केहि समय पर्खाई गर्नु नै पर्ने हुन्छ |

हेर्नुस भिडियो :


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *