Search
Sunday 17 February 2019
  • :
  • :
Latest Update

पटक–पटक आमरण अनशन बस्दै आएक गंगामाया अधिकारीलाई राहतस्वरूप सरकारले एक करोड

पटक–पटक आमरण अनशन बस्दै आएक गंगामाया अधिकारीलाई राहतस्वरूप सरकारले एक करोड

छोराको हत्यामा संलग्नलाई कारबाही माग राख्दै पटक–पटक आमरण अनशन बस्दै आएकी गोरखा फुजेलकी गंगामाया अधिकारीलाई राहतस्वरूप सरकारले एक करोड रुपैयाँ दिएको छ ।अधिकारीसँग विगतमा गरेको सम्झौताबमोजिम सरकारले सोमबार उनको नाममा खाता खोली १ करोड रुपैयाँ जम्मा गरिदिएको हो ।

गंगामायाका अधिवक्ता आषिकराम कार्कीका अनुसार कृषि विकास बैंकमा खोलिएको उनको खातामा सरकारले २०७१ सालमै दिने भनी सम्झौता गरेको १ करोड रुपैयाँ राखिदिएको हो ।,यो खबर आजको कान्तिपुर दैनिकमा छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *