काठमाडौं । रानी शाक्यको आवाजमा नयाँ गीत ‘सुटुक्कै’ रिलिज भएको छ । सुनिता बस्नेत थापाको शब्द रचना, राजकुमार बगरको संगीत र राजु कार्कीको एरेन्जमेन्ट रहेको गीतलाई गायिका शुक्रबार रानी शाक्यको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
पछिल्लो समय म्युजिक भिडियोमा चर्चित जोडी विना राउत, सरोज राना प्रजाको अभिनय रहेको गीतको भिडियोमा मनकृष्ण महर्जनको सिनेमाटोग्राफी र बाङडे प्रसादको सम्पादन रहेको छ । भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् ।
Discussion about this post