काठमाडौं
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह अहिलको अवस्थामा अग्रता रहेका छन् । काठमाडौंको राष्ट्रियसभा गृहमा भइरहेको मत गणनामा ७५ मत गन्दा बालेन पक्षमा २२, नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १८, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १३ र राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ३ मत प्राप्त गरेका छन् ।
केहि समय अघि बालेन भन्दा सिर्जना एक मतले अग्रस्थानमा रहेकी थिइन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अहिले काठमाडौं महानगरपालिकाको वडा नं १ र ३२ को मतगणना भइरहेको छ ।
Discussion about this post