darpannepal
  • होमपेज
  • समाचार
  • सामाजिक
  • धार्मिक / राशिफल
  • स्वास्थ्य
  • विचित्र संसार
  • मनोरञ्जन
  • राजनीतिक
  • भिडियो
  • खेल
  • अन्तर्राष्ट्रिय
Thursday, May 26, 2022
No Result
View All Result
  • होमपेज
  • समाचार
  • सामाजिक
  • धार्मिक / राशिफल
  • स्वास्थ्य
  • विचित्र संसार
  • मनोरञ्जन
  • राजनीतिक
  • भिडियो
  • खेल
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
darpannepal
No Result
View All Result

निर्वाचनमा खटिने प्रहरीलाई अभावै अभाव : हतियारदेखि सन्चार सेटसम्म अभाव, भत्तासमेत कटौती

निर्वाचनमा खटिने प्रहरीलाई अभावै अभाव : हतियारदेखि सन्चार सेटसम्म अभाव, भत्तासमेत कटौती
4
SHARES
Share on FacebookShare on Twitter
कृष्णसिंह धामी/काठमाडौं, २७ वैशाख 

स्थानीय तह निर्वाचनमा नेपाल प्रहरी अभावै अभावकाबीच खटिएको छ । २०७४ सालको निर्वाचनमा सात दिन बराबरको भत्ता पाएको नेपाल प्रहरी अहिलेको निर्वाचनमा त्यो पनि कटौती भएको छ ।

आर्थिक मन्दिका कारण सरकारले सुरक्षा निकायलाई दिइँदै आएको निर्वाचन सुरक्षा भत्ता कटौती गरेको हो । एकातिर भत्ता कटौतीको सामना गरिरहेको नेपाल प्रहरी अर्कोतिर हतियारदेखि सञ्चारसेटसम्मको अभावमा छ ।

निर्वाचनमा खटिँदा आवश्यक पर्ने साना हतियार नेपाल प्रहरीसँग नहुँदा नेपाली सेनाबाट मागेको छ । त्यस्तै झण्डै १५ हजार सञ्चार सेटको पनि अभाव देखिएको छ । त्यसका लागि प्रहरीले पुराना बिग्रिएका मर्मत सम्भार गरेर काम चलाएको छ । त्यस्तै व्यक्तिगत फोनको प्रयोग गरेर समेत काम चलाइरहेको छ ।

निर्वाचनको मिति घोषणा भएसँगै प्रहरीले हतियार र सञ्चार सेट किन्नको लागि सरकारसँग माग गरेको थियो । तर, सरकारले माग बमोजिम बजेट नदिएपछि प्रहरीले सेनासँग हतियार मागेको हो ।

नेपाल प्रहरीमा हालै एक हजार २०० जति प्रहरी वरिष्ठ नायव निरीक्षक थपिएका छन् । थपिएका प्रहरी जुनियर अधिकृतहरूका लागि हतियारको अभाव भएको प्रहरीले जनाएको छ ।  त्यस्तै प्रहरीले केही थान सञ्चार सेट पनि नेपाली सेनासँग मागेर काम चलाइरहेको छ । सरकारले यस पटक निर्वाचन सुरक्षामा खटिने सुरक्षाकर्मीलाई दिइने भत्तासमेत कटौती गरेको छ ।

२०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिएका सुरक्षा कर्मचारीहरूलाई सात दिनको भत्ता उपलब्ध गराइएको थियो । तर, अहिले त्यो कटौती गरिएको प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले बताए ।

सीमित स्रोत साधनका बाबजुत प्रहरी निर्वाचन सुरक्षामा खटिएको छ । सवारी साधन, हातहतियार, सञ्चार उपकरण लगायतका स्रोत साधानको अभाव देखिएको हो । अभावका बाबजुत व्यवस्थापन गरेर निर्वाचन सुरक्षाको काम भइरहेको प्रहरी प्रवक्ता केसीले बताए ।

देशभर रहेका १० हजार ७५६ मतदानस्थल छन् । तीमध्ये दुई हजार ९४६ मतदान स्थल अतिसंवेदनशीलको रूपमा वर्गिकरण गरिएको प्रवक्ता केसीले बताए ।  प्रहरीले उपत्यकाबाट नाै हजार ६०० प्रहरी बाहिरी जिल्लामा खटाएको छ ।

स्थानीय तह निर्वाचनका लागि नेपाली सेना र सशस्त्र प्रहरीले पनि गस्ती सुरु गरेको छ । मंगलबारबाट नेपाली सेना र सशस्त्र प्रहरी हरेक मतदान केन्द्रमा खटिएका छन् । हरेक पालिकामा सशस्त्र प्रहरी र नेपाल प्रहरीले मोबाइल गस्ती पनि थालेको छ ।

मंगलबारबाट गाउँपालिका, नगरपालिका र महानगरपालिकामा सुरक्षा चुनौती अनुसार सुरक्षाकर्मी परिचालन गरिएको प्रवक्ता केसीले बताए । नेपाली सेनाले पनि हरेक पालिकामै पुरेर सुरक्षा गस्ती थालेको छ । बाहिरी सुरक्षा र आपत्‌कालीन अवस्थामा सेना तैनाथ रहने गरी गृह मन्त्रालयले सुरक्षा व्यवस्था मिलाएको छ ।

Related Posts

एमसीसी पेस भयो भने सडकमा टाउको फुट्छन्, हातखुट्टा भाँचिन्छन् : झलनाथ खनाल
अन्तर्राष्ट्रिय

पश्चिमा र पूर्वी शक्तिबीचको प्रतिस्पर्धाको सिकार युक्रेन : खनाल न्युज कारखाना काठमाडौं, १२ जेठ एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पश्चिमा र पूर्वी शक्ति प्रतिस्पर्धाको सिकार युक्रेन बनेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले पश्चिमा र पूर्वी शक्ति प्रतिस्पर्धाको सिकार युक्रेन बनेको बताएका हुन् । रुस र युक्रेनबीच तीन महिनादेखि युद्ध चलिरहेका बेला संसदमा खनालले भने, ‘पश्चिमा र पूर्वी शक्तिको बीचमा तीव्र ढंगले प्रतिस्पर्धा चलिरहेको छ । यो प्रतिस्पर्धा अहिले विश्वव्यापी रूपमा फैलिँदो अवस्था छ । यही प्रतिस्पर्धाको एउटा सिकारको रूपमा युक्रेन भइरहेको छ ।’ युक्रेनमा भइरहेको युद्धले युरोपमा दुईवटा शक्ति युद्धको अवस्थामा रहेको भन्दै उनले सो युद्ध तुरुन्तै टुंगिने अवस्था नरहेको बताए । पश्चिमा महाशक्तिहरू र रुस दुवै शक्ति युद्धलाई तत्काल टुंग्याउने अवस्थामा नरहेका भन्दै उनले पश्चिमा शक्तिमा लागेकाले युक्रेन युद्ध झन झन लम्बिने अवस्था देखिएको छ । जसकारण मुद्रास्फिति, खाद्य संकट, इन्धनको मूल्यवृद्धि भइरहेको उनको दाबी छ ।

May 26, 2022
मुगुमा पुगेन पाठ्यपुस्तक : १३ हजार विद्यार्थी रित्तै हात माथिल्लो कक्षामा
समाचार

मुगुमा पुगेन पाठ्यपुस्तक : १३ हजार विद्यार्थी रित्तै हात माथिल्लो कक्षामा

May 26, 2022
निर्वाचनमा दलहरू कसरी अगाडि बढ्छन् भन्ने जिज्ञासा जनतामा छ : खनाल
राजनीतिक

झलनाथ खनालले भने- निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भाे

May 26, 2022

Discussion about this post

Highlights

संसदमा एमाले नेताको एक स्वर- सरकारले परराष्ट्र नीतिविपरीत कार्य गर्‍याे 

ओलीले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक खोजेपछि प्रकाशमानले दिए जवाफ

आयुर्वेद केन्द्र जुम्लाको खातामा पैसा छ तर कार्यालय प्रमुख नहुँदा औषधि किन्न पाएन 

भक्तपुरका जनप्रतिनिधिको पहिलो काम: मेलम्चीको पानी वितरण

बिहिबार पल शाहको मुद्दाको सुनुवाइ हुदै,रिहा होलान त ?

कोटेश्वरमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

Trending

एमसीसी पेस भयो भने सडकमा टाउको फुट्छन्, हातखुट्टा भाँचिन्छन् : झलनाथ खनाल
अन्तर्राष्ट्रिय

पश्चिमा र पूर्वी शक्तिबीचको प्रतिस्पर्धाको सिकार युक्रेन : खनाल न्युज कारखाना काठमाडौं, १२ जेठ एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पश्चिमा र पूर्वी शक्ति प्रतिस्पर्धाको सिकार युक्रेन बनेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकलाई सम्बोधन गर्दै उनले पश्चिमा र पूर्वी शक्ति प्रतिस्पर्धाको सिकार युक्रेन बनेको बताएका हुन् । रुस र युक्रेनबीच तीन महिनादेखि युद्ध चलिरहेका बेला संसदमा खनालले भने, ‘पश्चिमा र पूर्वी शक्तिको बीचमा तीव्र ढंगले प्रतिस्पर्धा चलिरहेको छ । यो प्रतिस्पर्धा अहिले विश्वव्यापी रूपमा फैलिँदो अवस्था छ । यही प्रतिस्पर्धाको एउटा सिकारको रूपमा युक्रेन भइरहेको छ ।’ युक्रेनमा भइरहेको युद्धले युरोपमा दुईवटा शक्ति युद्धको अवस्थामा रहेको भन्दै उनले सो युद्ध तुरुन्तै टुंगिने अवस्था नरहेको बताए । पश्चिमा महाशक्तिहरू र रुस दुवै शक्ति युद्धलाई तत्काल टुंग्याउने अवस्थामा नरहेका भन्दै उनले पश्चिमा शक्तिमा लागेकाले युक्रेन युद्ध झन झन लम्बिने अवस्था देखिएको छ । जसकारण मुद्रास्फिति, खाद्य संकट, इन्धनको मूल्यवृद्धि भइरहेको उनको दाबी छ ।

by admin1
May 26, 2022
0

काठमाडौं, १२ जेठ  एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पश्चिमा र पूर्वी शक्ति प्रतिस्पर्धाको सिकार युक्रेन...

मुगुमा पुगेन पाठ्यपुस्तक : १३ हजार विद्यार्थी रित्तै हात माथिल्लो कक्षामा

मुगुमा पुगेन पाठ्यपुस्तक : १३ हजार विद्यार्थी रित्तै हात माथिल्लो कक्षामा

May 26, 2022
निर्वाचनमा दलहरू कसरी अगाडि बढ्छन् भन्ने जिज्ञासा जनतामा छ : खनाल

झलनाथ खनालले भने- निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भाे

May 26, 2022
नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता गरायो

संसदमा एमाले नेताको एक स्वर- सरकारले परराष्ट्र नीतिविपरीत कार्य गर्‍याे 

May 26, 2022
प्रधानन्त्रीज्यू, दिल्लीको नेपाली दूतावासमा ‘चुच्चे नक्सा’ झुन्ड्याएर फर्किनुहुन्छ कि त्यसै ? : ओली 

ओलीले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक खोजेपछि प्रकाशमानले दिए जवाफ

May 26, 2022

हाम्रो बारेमा

Founder/Chairman : Gopi Dahal
Cincinnati OH 45239, USA
Contact-01-5132958715

संरक्षक (Patron) : Biran Bhattarai
Scranton, Pennsylvania, USA

CEO : Ashish Rana
Editor-in-Chief: Sabitri Burja Thapa
Branch Director/Editor:  Menuka Rahut


सम्पर्क

सूचना बिभाग दर्ता नं : १५६६/०७६-०७७
ठेगाना : काठमाण्डौ म.न.पा.- २९, अनामनगर, काठमाडौँ
gmail : [email protected]
contact : 9868132054

Www.Darpannepal.com
Www.Gnewsnepal.com
Www.Glam00r.com

  • होमपेज
  • समाचार
  • सामाजिक
  • धार्मिक / राशिफल
  • स्वास्थ्य
  • विचित्र संसार
  • मनोरञ्जन
  • राजनीतिक
  • भिडियो
  • खेल
  • अन्तर्राष्ट्रिय

© 2021 darpannepal.com

No Result
View All Result
  • होमपेज
  • समाचार
  • सामाजिक
  • धार्मिक / राशिफल
  • स्वास्थ्य
  • विचित्र संसार
  • मनोरञ्जन
  • राजनीतिक
  • भिडियो
  • खेल
  • अन्तर्राष्ट्रिय

© 2021 darpannepal.com