darpannepal
  • होमपेज
  • समाचार
  • सामाजिक
  • धार्मिक / राशिफल
  • स्वास्थ्य
  • विचित्र संसार
  • मनोरञ्जन
  • राजनीतिक
  • भिडियो
  • खेल
  • अन्तर्राष्ट्रिय
Thursday, May 26, 2022
No Result
View All Result
  • होमपेज
  • समाचार
  • सामाजिक
  • धार्मिक / राशिफल
  • स्वास्थ्य
  • विचित्र संसार
  • मनोरञ्जन
  • राजनीतिक
  • भिडियो
  • खेल
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
darpannepal
No Result
View All Result

सन्जु आत्महत्या प्रकरण: भारोत्तोलन खेल क्षेत्रलाई अपूरणीय क्षति

भारोत्तोलनतर्फ १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सन्जु चाैधरीको शव नेपालगञ्ज पठाउने
12
SHARES
Share on FacebookShare on Twitter
रमेश सुवेदी/काठमाडौं, २७ वैशाख

सोमबार एकाबिहानै खेलकुद क्षेत्रले ठूलो क्षति बेहोर्नु पर्‍याे । घरेलु मैदानमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) की भारोत्तोलन तर्फ स्वर्ण पदक विजेता सन्जु चौधरीले सुतेको कोठामा आत्महत्या गरिन् ।

अघिल्लो रात खेलाडी साथी, संघका पदाधिकारी र प्रशिक्षक साथ रमाइलो गर्दै खानपिन गरेकी सन्जु सोमबार बिहानै कोठामा झुन्डिएको अवस्थामा भेटिइन् । जसले नेपाली खेलकुद यतिबेला तरंगित भएको छ । आखिर किन सन्जुले आत्महत्या गरिन् ।

उनले राति अबेर फेसबुकमा गरेको ‘मिसिङ यु लभ’ पोष्टले भने केही संकेत गरेको छ, जुन अनुसन्धानले पछि बताउने नै छ ।

सन्जुको घर नेपालगन्ज हो । लुम्बिनी प्रदेशमा भएको आठौं राष्ट्रिय खेलकुदपछि सन्जुले काठमाडौं बसेर आफ्नो जागिर र खेलकुदलाई अगाडि बढाएकी थिइन् । नेपाल पुलिस क्लबमा आवद्ध सन्जुले यसै वर्षमात्रै जागिरबाट टाढा रहने निर्णय गरेकी थिइन् ।

पछिल्लाे समय उनी तत्काललाई स्थगित भएको चीनमा आयोजना हुने १९औं एसियन गेम्सको तयारीमा थिइन् । प्रशिक्षक सञ्जय महर्जनको ललितपुरस्थित लुभुमा रहेको घरमा रहेर प्रशिक्षण गर्दै आएकी थिइन् । प्रशिक्षणसमेत राम्रो भइरहेको सन्जुले प्रतिक्रिया दिँदै आएकी थिइन् ।

तर अघिल्लो रात मात्रै सँगै खाना खाएकी सन्जुको मृत्युको खवरले भारोत्तोलन संघ मात्रै हैन, पूरा खेलकुद क्षेत्र नै स्तब्ध छ ।

‘मैले छनोटपछि हिजो मात्रै भेटेको थिएँ । पौने ९ बजेसम्म सँगै थियौं । केही भएको थिएन । उसैले हामीलाई खाना खुवाएकी हो,’ नेपाल भारोत्तोलन संघको अध्यक्ष राम श्रेष्ठ (बोस) ले न्युज कारखानासँग भने ।

श्रेष्ठको संघअन्तर्गत रहेका सन्जुका साथी, खेलाडी, प्रशिक्षकलगायतलाई समेत सोधेका छन् । सन्जु कोठामा झुन्डिएको खवर श्रेष्ठलाई बिहान पौने ६ बजे नै प्रशिक्षक महर्जनले जानकारी गराएका थिए । त्यसलगत्तै महर्जनको घरमा पुगी श्रेष्ठले पुलिसलाई खबर गरेका हुन् ।

सन्जु भारोत्तोलन महिलातर्फ स्वर्ण पदक जिताउने ऐतिहासिक खेलाडीसमेत हुन् । उनले १९ वर्षको उमेरमै स्न्याचमा ७४ र क्लीन एन्ड जर्कमा ९७ सहित १७१ भार बहन गर्दै राष्ट्रिय कीर्तिमानसहित महिलातर्फ पहिलो स्वर्ण पदक जित्न सफल भएकी थिईन् ।

पोखरामा भएको भारोत्तोलनमा सन्जुले ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पारेकी थिइन् । क्रिकेट र एथ्लेटिक्स हुँदै सन्जु भारोत्तोलनमा प्रवेश गरेकी हुन् । घरेलु प्रतियोगिताको रूपमा सातौं राष्ट्रिय खेलकुद-२०७३  खेलेकी सन्जु गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको तयारीमा समेत थिइन् ।

सन्जुले अन्तर्राष्ट्रिय स्तरमा इन्डोनेसियाको राजधानी जाकर्तामा भएको १८औं एसियन गेम्स खेलेकी थिइन् । जहाँ केही राष्ट्रिय कीर्तिमानसमेत राखेकी थिइन् । यस्तै १३औं सागका साथै उज्वेकिस्तानमा भएको एसियन भारोत्तोलन च्याम्पियनसिपसमेत खेलेकी थिइन् ।

आगामी १९औं सागमा समेत भारोत्तोलन संघ र नेपाल सरकारले सन्जुबाट ठूलो आशा गरेको थियो । १९ वर्षमा सागको स्वर्ण पदक जितेर इतिहास कायम गरेकी सन्जुकाे मृत्युले देशलाई अपूरणीय क्षति पुगेको अध्यक्ष श्रेष्ठ बताउँछन् ।

‘हामीलाई अपूरणीय क्षति भएको छ । सन्जु भारोत्तोलनमा हाम्राे खम्बा हो । राम्रो खेलाडी हो । हामीले धरै अपेक्षा गरेका थियौै । इतिहास पनि ऊ (सन्जु)सँग थियो,’ उनले भने, ‘१९ वर्षमा स्वर्ण पदक जित्नु यो जत्तिको ठूलो उपलब्धि हुनै सक्दैन । राष्ट्रको लगानी, संघको लगानी र स्वयं खेलाडीको पनि मेहनत थियो । ऊ (सन्जु) सँग सरकार भनौं या राखेप सबैले धेरै आशा गरेको थियो ।’

Related Posts

हजुरआमाको हत्या गरेको अभियोगमा नाती पक्राउ   
समाचार

हजुरआमाको हत्या गरेको अभियोगमा नाती पक्राउ   

May 26, 2022
श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ पक्राउ
Uncategorized

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ पक्राउ

May 26, 2022
पीएसजीले जापान भ्रमण गर्ने
समाचार

पीएसजीले जापान भ्रमण गर्ने

May 26, 2022

Discussion about this post

Highlights

‘बी’ ग्रेडका फिल्ममा अभिनय गरेका यी अभिनेत्रीहरू

९ कक्षामा पढ्ने छात्रामाथि बलात्कार गर्ने तत्कालीन प्रिन्सिपल पक्राउ 

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम एक अर्बमुनि खुम्चियो

फिल्म ‘लण्डन टु पेरिस’बाट डेब्यु गर्दै गरिमा शर्मा

आगोले जलेकी विरामीलाई छाडेर फर्कियो बुद्ध एयर, चर्को आलोचनापछि प्रस्टीकरण 

गोदावरीमा एमालेले हारेपछि करिश्मा आक्रोशित

Trending

हजुरआमाको हत्या गरेको अभियोगमा नाती पक्राउ   
समाचार

हजुरआमाको हत्या गरेको अभियोगमा नाती पक्राउ   

by admin1
May 26, 2022
0

उदयपुर, १२ जेठ आफ्नै हजुरआमा ७० वर्षीया मनमाया दनुवारको हत्या गरेको अभियोगमा कटारी नगरपालिका–७ रिस्कु बस्ने २६...

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ पक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ पक्राउ

May 26, 2022
पीएसजीले जापान भ्रमण गर्ने

पीएसजीले जापान भ्रमण गर्ने

May 26, 2022
‘बी’ ग्रेडका फिल्ममा अभिनय गरेका यी अभिनेत्रीहरू

‘बी’ ग्रेडका फिल्ममा अभिनय गरेका यी अभिनेत्रीहरू

May 26, 2022
९ कक्षामा पढ्ने छात्रामाथि बलात्कार गर्ने तत्कालीन प्रिन्सिपल पक्राउ 

९ कक्षामा पढ्ने छात्रामाथि बलात्कार गर्ने तत्कालीन प्रिन्सिपल पक्राउ 

May 26, 2022

हाम्रो बारेमा

Founder/Chairman : Gopi Dahal
Cincinnati OH 45239, USA
Contact-01-5132958715

संरक्षक (Patron) : Biran Bhattarai
Scranton, Pennsylvania, USA

CEO : Ashish Rana
Editor-in-Chief: Sabitri Burja Thapa
Branch Director/Editor:  Menuka Rahut


सम्पर्क

सूचना बिभाग दर्ता नं : १५६६/०७६-०७७
ठेगाना : काठमाण्डौ म.न.पा.- २९, अनामनगर, काठमाडौँ
gmail : [email protected]
contact : 9868132054

Www.Darpannepal.com
Www.Gnewsnepal.com
Www.Glam00r.com

  • होमपेज
  • समाचार
  • सामाजिक
  • धार्मिक / राशिफल
  • स्वास्थ्य
  • विचित्र संसार
  • मनोरञ्जन
  • राजनीतिक
  • भिडियो
  • खेल
  • अन्तर्राष्ट्रिय

© 2021 darpannepal.com

No Result
View All Result
  • होमपेज
  • समाचार
  • सामाजिक
  • धार्मिक / राशिफल
  • स्वास्थ्य
  • विचित्र संसार
  • मनोरञ्जन
  • राजनीतिक
  • भिडियो
  • खेल
  • अन्तर्राष्ट्रिय

© 2021 darpannepal.com