काठमाडौ २७ वैशाख :
काठमाडौ महानगरपालिकामा स्वतन्त्रका तर्फबाट मेयरमा उठेका र्यापर बालेन शाहका पक्षका कलाकारहरु खुलेर भोट मागिरहेका छन् ।
उनलाई मेयरमा जिताउनका लागि अभिनेत्री स्वस्तिमा खड्का,निश्चल बस्नेत देखि लिएर कलाकार तथा निर्माता निर्मल शर्मा खुलेर लागि परेका छन् । कुनै राजनितिक दललाई भोट नमागेका उनीहरु पछिल्लो केहि दिन यता बालेनलाई भोट मागिरहेका छन् ।
कलाकार निर्मल शर्मा त झन् खुलेर उनको र्यालीमा सहभागी भएर नै बालेनलाई भो दिन आग्रह गरेका छन । उनले काठमाडौँमा रहेका आफ्ना आफन्त करिब २ सय भन्दा बढिले बालेनलाई भोट दिने दाबी गरे ।
हिजो बालेनलाई भोट माग्दै हिडेका निर्मलले पत्रकारसँगको कुराकानीमा भने,‘बालेनले जिते हालेको खण्डमा चमत्कारी त गरिहाल्ने हैन ।तर, नेताहरुबाट दिक्क भएका जनताहरुले विकल्प खोजिरहेको बेला बालेनलाई समर्थन गरेका हौँ ।’
उनले अहिले बालेन राजनितिमा आएको र अर्को पटक कुनै इन्जिनियर तथा डाक्टर पनि राजनितिमा आउने शर्माले विश्वास व्यक्त गरे । यसरी राम्रा मान्छेहरु राजनितिमा आए देश भन्ने उनको धारणा रहेको थियो ।
Discussion about this post