darpannepal
  • होमपेज
  • समाचार
  • सामाजिक
  • धार्मिक / राशिफल
  • स्वास्थ्य
  • विचित्र संसार
  • मनोरञ्जन
  • राजनीतिक
  • भिडियो
  • खेल
  • अन्तर्राष्ट्रिय
Thursday, May 26, 2022
No Result
View All Result
  • होमपेज
  • समाचार
  • सामाजिक
  • धार्मिक / राशिफल
  • स्वास्थ्य
  • विचित्र संसार
  • मनोरञ्जन
  • राजनीतिक
  • भिडियो
  • खेल
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
darpannepal
No Result
View All Result

मतदाता धम्क्याउदै भोट माग्दै केपि,प्रचण्ड र शेरबहादुर

मतदाता धम्क्याउदै भोट माग्दै केपि,प्रचण्ड र शेरबहादुर
19
SHARES
Share on FacebookShare on Twitter
काठमाडौं, २६ वैशाख

मतदान गर्नेदिन नजिकिँदै जाँदा नेताहरु जित हारको दाउँपेचमा व्यस्त छन् । स्थानीय स्तरको निर्वाचन भए पनि दलका शीर्ष नेताहरुको दौडधुपले गर्दा यसलाई संघीय चुनावको झल्कोको रुपमा लिन सकिन्छ । हुन त संघीय संसद अघि हुन लागेको स्थानीय तहको चुनावमा प्राप्त हुने नतिजाले संघीय नतिजाको एक खालको चित्र देख्न सकिन्छ ।

वैशाख ३० नजिकिँदै गर्दा पाँच दलीय सत्ता गठबन्धन र नेकपा एमाले चुनावी सभाहरुमा व्यस्त छ । पाँच दलीय गठबन्धनले अहिले ओलीलाई देखाएर मत आफ्नो पक्षमा पार्न खोजिरहेको छ भने ओली पाँच दलीय गठबन्धनले मिलेर देश ‘लुट्न’ लागेको भन्दै खबरदारी गरिरहेका छन् ।
सामाजिक सञ्जाल र ती दलहरुले गरिरहेको चुनावी सभालाई हेर्दा बाहलवाला र तीन पूर्व प्रधानमन्त्री सहभागी पाँच दलीय गठबन्धनमाथि ओली एक्लै भारी देखिएका छन् । एमालेमा भने ओली बाहेकका नेताहरु छायाँ जस्तो देखिएको चुनावी सभाहरुमा देखिएको छ।

एक अर्कालाई देखाएर भोट लिने प्रयास

सत्ता गठबन्धन र नेकपा एमालेले स्थानीय स्तरमा गर्ने विकासका योजना भन्दा एक अर्कालाई देखाएर आगामी स्थानीय निर्वाचनमा भोट पाउन खोजेको पाइएको छ ।
एमालेले गठबन्धनको सत्तो सराप गरिरहेको छ भने पाँच दलका शीर्ष नेताहरुले ओलीलाई गाली गरेर मत बढाउन खोजिरहेका छन् । तर स्थानीय स्तरको चुनाव भएकाले शीर्ष नेताहरुको भाषण भन्दा पनि स्थानीय स्तरमा रहेका उम्मेदवारहरुलाई हेरेर मत प्रभावित हुने निश्चित छ ।

गठबन्धन भित्रै त्रास

स्थानीय तह निर्वाचनका क्रममा तल्लो तहसम्म गठबन्धन गरेर अघि बढ्ने र सत्ता गठबन्धनका दलहरु बाहेकसँग तालमेल नगर्ने नीति लिएका गठबन्धनका दलहरुले त्यस अनुरुपमा व्यवहार गर्न सकेनन् ।

वडा स्तरसम्म गठबन्धन गर्ने भनिएको भए पनि महानगरमा मात्र गठबन्धन भएको छ । अन्य कतिपय स्थानमा मेयर र उपमेयर तथा प्रमुख र उपप्रमुखका लागि गठबन्धन भए पनि वडा स्तरमा भने दलहरु एक्ला एक्लै वा दुई दल मिलेर चुनावी मैदानमा उत्रिएका देखिएका छन् ।

कतै माओवादी र समाजवादी त कतै कांग्रेस र माओवादीबीच तालमेल भएको छ । गठबन्धन नभएर एक्ला एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएका स्थानमा गठबन्धनका दलहरुबीच झडप र कुटाकुट भएका विवरणहरु आइरहेका छन् ।

भरतपुर/पोखरा महानगर लगायतका स्थानमा कांग्रेसका मतदाताले इमान्दारिताका साथ गठबन्धनका उम्मेदवार विशेषगरी भरतपुरमा माओवादी र पोखरामा एकीकृत समाजवादीलाई मत दिँदैनन् कि भन्ने त्रास ति दलमा देखिएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले त अनलाइनखबरमा दिएको एक अन्तर्वार्ताका क्रममा कांग्रेसले आफूहरुलाई पुरस्कार दिनु पर्नेमा अहंकार देखाएको बताएसँगै गठबन्धनका दलमा शीर्ष नेताहरुबीचको अविश्वासलाई उजागर गरेको छ । ‘कतिपय ठाउँमा हाम्रो अवमूल्यन गरिएको छ । हामीलाई उपयोग गर्ने सोच पनि होला । यसले हाम्रो चित्त दुःखेको छ, नराम्रो लागेको छ । तर चित्त दुखाएर बस्ने बेला होइन ‘ अध्यक्ष नेपालले भनेका छन् ।

आफूहरुको पक्षमा मेयर उपमेयर रहेका पालिका पनि नदिइएकोमा उनको चित्त दुखाइ थियो । ‘हाम्रो शक्ति त सीधा देखिएको छ । हाम्रो पक्षमा मेयर, उपमेयर भएका पालिकामा पनि हामीलाई दिइएन । नाम चलेको नेताका पछि हजारौं कार्यकर्ता, लाखौं जनता छन्’ उनले भनेका छन् ।

उता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कतै भरतपुर महानगरमा पुत्री रेनु दाहाललाई कांग्रेसले मत नदेला भन्ने त्रास रहेको छ । जसले गर्दा रेनुले हार्दा देश दुर्घटनामा पर्ने चेतावनी उनले दिए । चितवनमा आयोजित सभामा उनले भनेका थिए ‘यो गठबन्धन लोकतन्त्रको आवश्यकता हो। समृद्धि र विकासको आवश्यकता हो भन्ने तपाईं चितवनबासीलाई लाग्छ र रेणु दाहाल र चीत्रसेन अधिकारीको टिमलाई भोट हाल्नुभयो भने म निकै उत्साहित हुनेछु र यो गठबन्धनलाई १५/२० वर्ष लैजाने मेरो प्रतिवद्धता हुनेछ,’ प्रचण्डले भनेका थिए, हाल्नुभएन भने देश नै दुर्घटनामा पर्छ।’

गठबन्धनलाई ओलीले र जनतालाई पाँच दलले देखाएको त्रास

यतिबेला सत्ता गठबन्धन ओलीलाई देखाएर मत बढाउन केन्द्रीत देखिएको छ । त्यसका लागि गठबन्धन दलका शीर्ष नेतृत्वले ओलीले फेरि संसद विघटन गर्ने त्रास जनतामा बाढिरहेका छन् । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा स्वयं ओलीले जिते फेरि संसद र स्थानीय तह विघटनको खतरा रहेको दाबी गर्दै जनतामा कतै भंग भइहाल्ने हो कि भन्ने त्रास गठबन्धनले दिन खोजिरहेको छ । सोमबार कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले यस्तो त्रास देखाएका हुन् ।

 ‘विरोध गर्ने बितिक्कै संसद विघटन गर्न मिल्छ। संसद विघटन गर्नै पाइँदैन । जबरजस्ती भंग गर्नुभयो । दुई तिहाइ बहुमत आए पनि संसद भंग गरिहाल्ने फिर्ता ल्याए पनि चल्न नदिने प्रवृत्ति छ,’देउवाले भने,‘त्यस कारण एमालेलाई जिताएर के फेरि संसद भंग गर्ने हो र । ओली जीको पार्टी ल्याउनु भनेको संसद भंग गराउनु हो। त्यस्तो पार्टीलाई सरकारमा फेरि ल्याउनु हुँदैन ।’

उनले यसो भनिरहँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि ओली त्रास जनतामा देखाइरहेका छन् ।

त्यति मात्र होइन प्रचण्डले गठबन्धनको पक्षमा मत नदिने देश दुर्घटनामा पर्छ भन्दै चेतावनी दिइरहेका छन् । ओलीलाई देखाएर सत्ता गठबन्धनले भोट बढाउन खोजिरहँदा ओलीले गठबन्धनलाई त्रास देखाएका छन् ।

गठबन्धन र विशेष गरि प्रचण्ड माधव माथि खनिने गरेका ओलीले पछिल्ला दिनमा गठबन्धनको भविष्य असार १७ गते देखिने भन्दै नयाँ तुरुप फालेका छन् जसले गठबन्धनका दललाई झस्काएको छ । उनले उक्त मितिलाई जोड दिइरहेका छन् तर त्यसलाई ज्योतिषशास्त्रसँग जोडेर ।

जे काम पनि ज्योतिषिलाई हेराएर प्रधानमन्त्री देउवाले काम गर्ने गरेको भन्दै उनले उक्त तिथी मितिबारे देउवाका ज्योतिषिलाई सोध्न भने ।  शनिबार विराटगरमा ओलीले भनेका थिए, ‘प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाजी ज्योतिषीमा असाध्यै विश्वास गर्नुहुन्छ । त्यसैले जेठको महिना कस्तो छ, असारको महिना कस्तो छ ? मैले दिन नै तोकिदिएको छु, असार १७, कस्ता कस्ता ग्रह, दशा, नक्षत्रहरू कहाँ छन्, एकपल्ट ज्योतिषीलाई बोलाएर हेर्न लगाउनुस् भनेर मैले भनेको छु ।’

असार १७ मा समस्या आउने भए पनि गठबन्धनको ठूलो खड्को वैशाख ३० मै रहेको ओलीको दाबी छ । उनले स्थानीय निर्वाचन पछि गठबन्धन नचल्ने र आगामी सरकार आफू नेतृत्वको हुने भन्दै गठबन्धनलाई चुनौती दिइरहेका छन् ।

Related Posts

९ कक्षामा पढ्ने छात्रामाथि बलात्कार गर्ने तत्कालीन प्रिन्सिपल पक्राउ 
राजनीतिक

९ कक्षामा पढ्ने छात्रामाथि बलात्कार गर्ने तत्कालीन प्रिन्सिपल पक्राउ 

May 26, 2022
गोदावरीमा एमालेले हारेपछि करिश्मा आक्रोशित
मनोरञ्जन

गोदावरीमा एमालेले हारेपछि करिश्मा आक्रोशित

May 26, 2022
निर्वाचनमा दलहरू कसरी अगाडि बढ्छन् भन्ने जिज्ञासा जनतामा छ : खनाल
राजनीतिक

झलनाथ खनालले भने- निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भाे

May 26, 2022

Discussion about this post

Highlights

९ कक्षामा पढ्ने छात्रामाथि बलात्कार गर्ने तत्कालीन प्रिन्सिपल पक्राउ 

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम एक अर्बमुनि खुम्चियो

फिल्म ‘लण्डन टु पेरिस’बाट डेब्यु गर्दै गरिमा शर्मा

आगोले जलेकी विरामीलाई छाडेर फर्कियो बुद्ध एयर, चर्को आलोचनापछि प्रस्टीकरण 

गोदावरीमा एमालेले हारेपछि करिश्मा आक्रोशित

पश्चिमा र पूर्वी शक्तिबीचको प्रतिस्पर्धाको सिकार युक्रेन : खनाल

Trending

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ पक्राउ
Uncategorized

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ पक्राउ

by admin1
May 26, 2022
0

मोरङ, १२ जेठ  आफ्नै श्रीमती ३५ वर्षीया गीता देवी राजभरको हत्या गरेको अभियोगमा जहदा गाउँपालिका–२ बस्ने ४३...

पीएसजीले जापान भ्रमण गर्ने

पीएसजीले जापान भ्रमण गर्ने

May 26, 2022
‘बी’ ग्रेडका फिल्ममा अभिनय गरेका यी अभिनेत्रीहरू

‘बी’ ग्रेडका फिल्ममा अभिनय गरेका यी अभिनेत्रीहरू

May 26, 2022
९ कक्षामा पढ्ने छात्रामाथि बलात्कार गर्ने तत्कालीन प्रिन्सिपल पक्राउ 

९ कक्षामा पढ्ने छात्रामाथि बलात्कार गर्ने तत्कालीन प्रिन्सिपल पक्राउ 

May 26, 2022
शेयर बजार दोहोरो अंकले ओरालाे

नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम एक अर्बमुनि खुम्चियो

May 26, 2022

हाम्रो बारेमा

Founder/Chairman : Gopi Dahal
Cincinnati OH 45239, USA
Contact-01-5132958715

संरक्षक (Patron) : Biran Bhattarai
Scranton, Pennsylvania, USA

CEO : Ashish Rana
Editor-in-Chief: Sabitri Burja Thapa
Branch Director/Editor:  Menuka Rahut


सम्पर्क

सूचना बिभाग दर्ता नं : १५६६/०७६-०७७
ठेगाना : काठमाण्डौ म.न.पा.- २९, अनामनगर, काठमाडौँ
gmail : [email protected]
contact : 9868132054

Www.Darpannepal.com
Www.Gnewsnepal.com
Www.Glam00r.com

  • होमपेज
  • समाचार
  • सामाजिक
  • धार्मिक / राशिफल
  • स्वास्थ्य
  • विचित्र संसार
  • मनोरञ्जन
  • राजनीतिक
  • भिडियो
  • खेल
  • अन्तर्राष्ट्रिय

© 2021 darpannepal.com

No Result
View All Result
  • होमपेज
  • समाचार
  • सामाजिक
  • धार्मिक / राशिफल
  • स्वास्थ्य
  • विचित्र संसार
  • मनोरञ्जन
  • राजनीतिक
  • भिडियो
  • खेल
  • अन्तर्राष्ट्रिय

© 2021 darpannepal.com