darpannepal
  • होमपेज
  • समाचार
  • सामाजिक
  • धार्मिक / राशिफल
  • स्वास्थ्य
  • विचित्र संसार
  • मनोरञ्जन
  • राजनीतिक
  • भिडियो
  • खेल
  • अन्तर्राष्ट्रिय
Thursday, May 26, 2022
No Result
View All Result
  • होमपेज
  • समाचार
  • सामाजिक
  • धार्मिक / राशिफल
  • स्वास्थ्य
  • विचित्र संसार
  • मनोरञ्जन
  • राजनीतिक
  • भिडियो
  • खेल
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
darpannepal
No Result
View All Result

गिट्टी नकुटी बेलुकी खाना पाक्दैन उम्मेदवारका कुरा कसले सुन्ने ?

गिट्टी नकुटी बेलुकी खाना पाक्दैन उम्मेदवारका कुरा कसले सुन्ने ?
8
SHARES
Share on FacebookShare on Twitter
उदयपुर, १८ वैैशाख

आसपासका बस्तीमा स्थानीय तह निर्वाचन प्रचारप्रसारमा गीत र नारा घन्किए पनि उदयपुर सदरमुकाम गाईघाटस्थित त्रियुगा नदी किनारमा भने गिट्टी कुटेको कर्कश आवाज मात्रै आउँछ । गिट्टी कुट्ने मजदुरलाई न निर्वाचनको चासो छ न त आज मजदुर दिवस (मे दिवस) भन्ने नै ख्याल छ । उनीहरूको एकोहोरो ध्यान छ बेलुका परिवारको पेट कसरी पाल्ने ?

‘दिनभर गिट्टी नकुटी खान पाइन्न कसरी निर्वाचन बारे बुझ्न हिँड्नु ? त्रियुगा नदी किनारमा बालुवा चाल्दै गरेका लालबहादुर बोटले भने । त्रियुगा नगरपालिका–१२ का बोटकी श्रीमती विन्दा पनि निर्वाचन बारे केही थाहा नभएको बताउँछिन् । उनी भन्छिन्, ‘के को निर्वाचन हो र ?’

बोट दम्पती मात्रै होइनन् त्रियुगा नदीको त्रिवेणी घाट मजदुरी गर्ने धेरैलाई के को निर्वाचन भइरहेको छ भन्ने थाहा छैन । नदी किनारमै भेटिएकी मन्जुर चौधरीले भनिन्, ‘एक ट्रयाक्टर गिट्टी बेच्दा एक हजार ज्याला पाइन्छ नेताको पछि लागेर के पाइन्छ र ? बेलुका भोकै सुत्नुपर्छ ।’ उनले खेतीपाती गर्न जग्गा नभएको र सडक नबढारे, गिट्टी नकुटे विहान बेलुकी चुलो नबलने बताइन ।

अर्का मजदुर रामकुमारी चौधरीका दम्पतीले पनि अहिलेसम्म कसैले भोट नमागेको बताए । त्रियुगा नगरपालिका–१३ मा घर ढलानसम्बन्धी काम गरिरहेकी रामकुमारीले भनिन्, ‘बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म काममै हुन्छु के को निर्वाचननै थाहा छैन ।’

निर्वाचनले कहिल्यै नछुने उनीहरू मात्रै होइनन् । दैनिक ज्याल मजदुरी गरेर खानेहरू धेरै भेटिन्छन् । नयाँ घर बनाएको ठाउँमा गएर इँटा बोक्ने, बालुवा घोल्ने, खोलाको किनारमा गिट्टी कुट्नेहरूलाई स्थानीय तह निर्वाचन भनेको के हो भन्ने समेत थाहा छैन ।

कम्युनिष्ट पार्टीहरूले हरेक भाषणमा भन्न नछुटाउने सब्द हो ‘सर्र्वहारा वर्ग’। अहिले यही ‘सर्र्वहारा वर्गलाई भने न त निर्वाचनले छोएको छ न त कम्युनिष्ट पार्टीका उम्मेदवार नै उनीहरूसम्म पुगेका छन् । ‘अब बुढापाकाले जसलाई भन्छन् उसैलाई भोट दिनु पर्ला,’ त्रियुगा नदी किनारमा बालुवा चाल्दै गरेका लालबहादुर बोटेले भने, ‘सबैतिरबाट हारेकालाई सर्र्वहारा भन्छन् । हाम्रो जग्गा छैन, उम्मेदवार आउँदा मिठो मसिनो खुवाउने हैसियत छैन, किन आउँछन् त हाम्रो गाउँमा ?’

बालुवा चाल्दै गरेकी सृजना परियारले भोट हाल्ने अघिल्लो दिन मात्रै बस्तीमा उम्मेदवारहरू आउने गरेको बताइन । ‘निर्वाचनको अघिल्लो दिन बस्तीमा भोज चल्छ,’ परियारले भनिन्, ‘गाउँका बुढापाकाले जसलाई भोट हाल्नु भन्छन् त्यसैलाई भोट हालिन्छ ।’

मतदाता शिक्षा, कर्मचारी व्यवस्थापन लगायतका तीव्र रूपमा भइरहेको जिल्ला निर्वाचन कार्यालय उदयपुरका सूचना अधिकारी उत्तम भट्टराईले बताए । यहाँ नेपाली कांग्रेस, नेकपा एमाले र गठबन्धनका उम्मेदवारहरू प्रचारप्रसारमा उत्रिएका छन् । उदयपुरमा आठ  पालिका छन् ।

अघिल्लो स्थानीय तह निर्वाचनमा आठ पालिकामध्ये एमालेले ६ पालिकामा जित हासिल गरेको थियो । बाँकीमा कांग्रेस एक, माओवादीले एक पालिका जितेको थियो ।

Related Posts

फिल्म ‘लण्डन टु पेरिस’बाट डेब्यु गर्दै गरिमा शर्मा
मनोरञ्जन

फिल्म ‘लण्डन टु पेरिस’बाट डेब्यु गर्दै गरिमा शर्मा

May 26, 2022
आन्तरिक उडानको हवाई भाडामा विदेशी पर्यटकलाई छुट दिने सहमति
समाचार

आगोले जलेकी विरामीलाई छाडेर फर्कियो बुद्ध एयर, चर्को आलोचनापछि प्रस्टीकरण 

May 26, 2022
गोदावरीमा एमालेले हारेपछि करिश्मा आक्रोशित
मनोरञ्जन

गोदावरीमा एमालेले हारेपछि करिश्मा आक्रोशित

May 26, 2022

Discussion about this post

Highlights

पश्चिमा र पूर्वी शक्तिबीचको प्रतिस्पर्धाको सिकार युक्रेन : खनाल

मुगुमा पुगेन पाठ्यपुस्तक : १३ हजार विद्यार्थी रित्तै हात माथिल्लो कक्षामा

झलनाथ खनालले भने- निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भाे

संसदमा एमाले नेताको एक स्वर- सरकारले परराष्ट्र नीतिविपरीत कार्य गर्‍याे 

ओलीले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक खोजेपछि प्रकाशमानले दिए जवाफ

आयुर्वेद केन्द्र जुम्लाको खातामा पैसा छ तर कार्यालय प्रमुख नहुँदा औषधि किन्न पाएन 

Trending

फिल्म ‘लण्डन टु पेरिस’बाट डेब्यु गर्दै गरिमा शर्मा
मनोरञ्जन

फिल्म ‘लण्डन टु पेरिस’बाट डेब्यु गर्दै गरिमा शर्मा

by admin1
May 26, 2022
0

काटमाडौं १२ जेठ : एबी इन्टरनेश्नलको ब्यानरमा निर्माण हुने फिल्म ‘लण्डन टु पेरिस’मा अभिनेत्री गरिमा शर्मा अनुबन्धित...

आन्तरिक उडानको हवाई भाडामा विदेशी पर्यटकलाई छुट दिने सहमति

आगोले जलेकी विरामीलाई छाडेर फर्कियो बुद्ध एयर, चर्को आलोचनापछि प्रस्टीकरण 

May 26, 2022
गोदावरीमा एमालेले हारेपछि करिश्मा आक्रोशित

गोदावरीमा एमालेले हारेपछि करिश्मा आक्रोशित

May 26, 2022
एमसीसी पेस भयो भने सडकमा टाउको फुट्छन्, हातखुट्टा भाँचिन्छन् : झलनाथ खनाल

पश्चिमा र पूर्वी शक्तिबीचको प्रतिस्पर्धाको सिकार युक्रेन : खनाल

May 26, 2022
मुगुमा पुगेन पाठ्यपुस्तक : १३ हजार विद्यार्थी रित्तै हात माथिल्लो कक्षामा

मुगुमा पुगेन पाठ्यपुस्तक : १३ हजार विद्यार्थी रित्तै हात माथिल्लो कक्षामा

May 26, 2022

हाम्रो बारेमा

Founder/Chairman : Gopi Dahal
Cincinnati OH 45239, USA
Contact-01-5132958715

संरक्षक (Patron) : Biran Bhattarai
Scranton, Pennsylvania, USA

CEO : Ashish Rana
Editor-in-Chief: Sabitri Burja Thapa
Branch Director/Editor:  Menuka Rahut


सम्पर्क

सूचना बिभाग दर्ता नं : १५६६/०७६-०७७
ठेगाना : काठमाण्डौ म.न.पा.- २९, अनामनगर, काठमाडौँ
gmail : [email protected]
contact : 9868132054

Www.Darpannepal.com
Www.Gnewsnepal.com
Www.Glam00r.com

  • होमपेज
  • समाचार
  • सामाजिक
  • धार्मिक / राशिफल
  • स्वास्थ्य
  • विचित्र संसार
  • मनोरञ्जन
  • राजनीतिक
  • भिडियो
  • खेल
  • अन्तर्राष्ट्रिय

© 2021 darpannepal.com

No Result
View All Result
  • होमपेज
  • समाचार
  • सामाजिक
  • धार्मिक / राशिफल
  • स्वास्थ्य
  • विचित्र संसार
  • मनोरञ्जन
  • राजनीतिक
  • भिडियो
  • खेल
  • अन्तर्राष्ट्रिय

© 2021 darpannepal.com