darpannepal
  • होमपेज
  • समाचार
  • सामाजिक
  • धार्मिक / राशिफल
  • स्वास्थ्य
  • विचित्र संसार
  • मनोरञ्जन
  • राजनीतिक
  • भिडियो
  • खेल
  • अन्तर्राष्ट्रिय
Thursday, May 26, 2022
No Result
View All Result
  • होमपेज
  • समाचार
  • सामाजिक
  • धार्मिक / राशिफल
  • स्वास्थ्य
  • विचित्र संसार
  • मनोरञ्जन
  • राजनीतिक
  • भिडियो
  • खेल
  • अन्तर्राष्ट्रिय
No Result
View All Result
darpannepal
No Result
View All Result

तनहुँमा दुई सय एक क्षयरोगका बिरामी

तनहुँमा दुई सय एक क्षयरोगका बिरामी
1
SHARES
Share on FacebookShare on Twitter

दमौली, १२ वैशाख 

तनहुँमा क्षयरोगका २०१ बिरामी पहिचान भएका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म जिल्लामा क्षयरोगका २०१ बिरामी पहिचान भएका हुन् । स्वास्थ्य कार्यालयका अनुसार त्यसमध्ये नसर्ने खालका १३० रहेका छन् । जिल्लामा क्षयरोगको ८२.१ प्रतिशत उपचार सफल भएको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए। छ महिना नियमित औषधि सेवन गरे क्षयरोग निको हुन्छ । क्षयरोग पहिचानका लागि कार्यालयले कारागार, इँटाभट्टामा बेला–बेलामा खकार परीक्षण गर्ने गरेको छ । क्षयरोगीको उपचारका लागि जिल्लामा ५० उपचार केन्द्र, नौ प्रयोगशाला छन् । अशिक्षा, अज्ञानता र भौगोलिक कारणले क्षयरोगी उपचारको पहुँचमा आउन नसकेको उनले बताए। “क्षयरोगी पहिचान गरी उपचारको पहुँचमा ल्याउनुपर्ने विद्यमान चुनौती छ”, कार्यालय प्रमुख अधिकारीले भन्नुभयो, “समाजले हेलाको भावनाले हेर्ने गलत मानसिकताका कारण पनि क्षयरोगी रोग लुकाएर बस्न बाध्य छन् ।”

सन् २०५० सम्म नेपाल क्षयरोगविहीन बनाउने लक्ष्य छ । यसका लागि क्षयरोगका बिरामी पहिचान गरी उपचार गर्नुपर्ने बाध्यता रहेको छ ।“उपचारमा नरहेको एक क्षयरोगीले औषतमा दश देखि १५ स्वस्थ्य व्यक्तिलाई रोग सार्न सक्छ”, उनले भने, “सो तथ्याङ्कलाई घटाउन पनि नयाँ क्षयरोगीको पहिचान आवश्यक छ ।” क्षयरोगी पहिचानका लागि कार्यालयले शङ्का लागेका व्यक्तिको घरमा पुगेर नै खकार सङ्कलन गरी प्रयोगशालामा परीक्षण गर्ने व्यवस्था मिलाएको छ । “दुई हप्तासम्म खोकी लागेका शङ्कास्पद व्यक्ति पत्ता लागे घरमै पुगेर खकार सङ्कलन गरी परीक्षणको व्यवस्था मिलाएका छौँ”, उनले भने । क्षयरोगी पहिचानका लागि कन्ट्याक्ट ट्रेसिङको व्यवस्था पनि छ । कार्यालय प्रमुख अधिकारीका अनुसार छ महिनामा दुई पटक कन्ट्याक्ट ट्रेसिङ गरिन्छ । दुई महिनामा पहिलो पटक र छ महिनाभित्र अर्को पटक गरी कन्ट्याक्ट ट्रेसिङको व्यवस्था मिलाइएको छ ।

क्षयरोगी भएको घरका पाँच वर्षमुनिका बच्चालाई क्षयरोग छैन भन्ने प्रमाणित भएको खण्डमा तीन महिनासम्म औषधि खुवाइने गरिइएको छ । “घरपरिवारका सदस्यबाट नसरोस् भन्नका लागि उनीहरुलाई पनि औषधि खुवाउने व्यवस्था मिलाइएको हो”, उनले भने । लुकेर बसेका क्षयरोगीलाई पहिचान गर्न नसकिए जोखिम बढ्ने उनले बताए । अधिकारीका अनुसार लुकेर बसेका क्षयरोगी पत्ता लगाउन जन्तर भन्ने संस्थाले गाउँ–गाउँ पुगेर सहयोग गरिरहेको छ । “नियमित औषधि सेवन गरे क्षयरोग निको हुन्छ, यसको प्रचारप्रसार गर्दै क्षयरोगीलाई उपचारको पहुँचमा ल्याउनुपर्छ”, उनले भने । नेपालमा ८० हजार क्षयरोगी छन् । वार्षिक पाँच हजारदेखि छ हजार ५०० सम्म क्षयरोगका कारणबाट मृत्यु हुने गरेको छ । ४४ हजार नयाँ बिरामी थपिने गरेकामा ३४ हजार बिरामी उपचारका लागि स्वास्थ्य संस्थासम्म पुग्ने गरेका छन् । १५ देखि ४९ वर्ष उमेर समूहका व्यक्ति क्षयरोगबाट सङ्क्रमित हुने गरेको तथ्याङ्क छ ।

Related Posts

आन्तरिक उडानको हवाई भाडामा विदेशी पर्यटकलाई छुट दिने सहमति
समाचार

आगोले जलेकी विरामीलाई छाडेर फर्कियो बुद्ध एयर, चर्को आलोचनापछि प्रस्टीकरण 

May 26, 2022
गोदावरीमा एमालेले हारेपछि करिश्मा आक्रोशित
मनोरञ्जन

गोदावरीमा एमालेले हारेपछि करिश्मा आक्रोशित

May 26, 2022
एमसीसी पेस भयो भने सडकमा टाउको फुट्छन्, हातखुट्टा भाँचिन्छन् : झलनाथ खनाल
अन्तर्राष्ट्रिय

पश्चिमा र पूर्वी शक्तिबीचको प्रतिस्पर्धाको सिकार युक्रेन : खनाल

May 26, 2022

Discussion about this post

Highlights

मुगुमा पुगेन पाठ्यपुस्तक : १३ हजार विद्यार्थी रित्तै हात माथिल्लो कक्षामा

झलनाथ खनालले भने- निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भाे

संसदमा एमाले नेताको एक स्वर- सरकारले परराष्ट्र नीतिविपरीत कार्य गर्‍याे 

ओलीले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक खोजेपछि प्रकाशमानले दिए जवाफ

आयुर्वेद केन्द्र जुम्लाको खातामा पैसा छ तर कार्यालय प्रमुख नहुँदा औषधि किन्न पाएन 

भक्तपुरका जनप्रतिनिधिको पहिलो काम: मेलम्चीको पानी वितरण

Trending

आन्तरिक उडानको हवाई भाडामा विदेशी पर्यटकलाई छुट दिने सहमति
समाचार

आगोले जलेकी विरामीलाई छाडेर फर्कियो बुद्ध एयर, चर्को आलोचनापछि प्रस्टीकरण 

by admin1
May 26, 2022
0

काठमाडौं, १२ जेठ बुद्ध एयरले आगोले जलेर गम्भीर बनेकी महिलालाई नलिई काठमाडौं फर्किएको छ । बुधबार धनगढीबाट...

गोदावरीमा एमालेले हारेपछि करिश्मा आक्रोशित

गोदावरीमा एमालेले हारेपछि करिश्मा आक्रोशित

May 26, 2022
एमसीसी पेस भयो भने सडकमा टाउको फुट्छन्, हातखुट्टा भाँचिन्छन् : झलनाथ खनाल

पश्चिमा र पूर्वी शक्तिबीचको प्रतिस्पर्धाको सिकार युक्रेन : खनाल

May 26, 2022
मुगुमा पुगेन पाठ्यपुस्तक : १३ हजार विद्यार्थी रित्तै हात माथिल्लो कक्षामा

मुगुमा पुगेन पाठ्यपुस्तक : १३ हजार विद्यार्थी रित्तै हात माथिल्लो कक्षामा

May 26, 2022
निर्वाचनमा दलहरू कसरी अगाडि बढ्छन् भन्ने जिज्ञासा जनतामा छ : खनाल

झलनाथ खनालले भने- निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भाे

May 26, 2022

हाम्रो बारेमा

Founder/Chairman : Gopi Dahal
Cincinnati OH 45239, USA
Contact-01-5132958715

संरक्षक (Patron) : Biran Bhattarai
Scranton, Pennsylvania, USA

CEO : Ashish Rana
Editor-in-Chief: Sabitri Burja Thapa
Branch Director/Editor:  Menuka Rahut


सम्पर्क

सूचना बिभाग दर्ता नं : १५६६/०७६-०७७
ठेगाना : काठमाण्डौ म.न.पा.- २९, अनामनगर, काठमाडौँ
gmail : [email protected]
contact : 9868132054

Www.Darpannepal.com
Www.Gnewsnepal.com
Www.Glam00r.com

  • होमपेज
  • समाचार
  • सामाजिक
  • धार्मिक / राशिफल
  • स्वास्थ्य
  • विचित्र संसार
  • मनोरञ्जन
  • राजनीतिक
  • भिडियो
  • खेल
  • अन्तर्राष्ट्रिय

© 2021 darpannepal.com

No Result
View All Result
  • होमपेज
  • समाचार
  • सामाजिक
  • धार्मिक / राशिफल
  • स्वास्थ्य
  • विचित्र संसार
  • मनोरञ्जन
  • राजनीतिक
  • भिडियो
  • खेल
  • अन्तर्राष्ट्रिय

© 2021 darpannepal.com