करिब दुई वर्षअघि निर्देशक नवीन चौहान गायक सुजन चापागाईंको गायकीबाट निकै प्रभावित भएका थिए। त्यतिबेला सुजनले ‘लजाएर’ बोलको गीत गाएर सुनाएका थिए।त्यही गीत सुनेर नवीनले सुजनलाई प्रस्ताव ‘तीनपाते’ गीतमा सहकार्यका लागि प्रस्ताव राखेका थिए।
धेरैले रुचाएकाे ‘तीनपाते’को भिडिओले करोडभन्दा बढी युट्युब भ्यूज पायाे। त्यही सहकार्यलाई निरन्तरता दिँदै नवीन र सुजनले फेरि अर्को गीतमा सहकार्य गरेका छन्।हालै सुजनको स्वर र नवीनको निर्देशनमा ‘लजाएर’ बोलको गीत सार्वजनिक भएको छ। गायक सुजनको युट्युब च्यालनमार्फत् गीतको भिडिओ सार्वजनिक भएको हो । शैलेश गिरीको शब्द रहेको गीतमा संगीत पनि सुजनकै छ।
म्युजिक भिडिओमा नयाँ प्रयोग गर्न रुचाउने निर्देशक नवीन चौहानको यो छैटौं भिडिओ हो। भिडियोमा पात्रहरूको मनोविज्ञान उतार्नु नवीनको विशेषता हो। संवाद र दृश्यलाई मौलिक बनाउन उनले भिडिओमा केही प्रयोग पनि गरेका छन्। गायक सुजनले यसअघिका गीतहरु तीनपाते र गाला पुक्कभन्दा केही भिन्न स्वाद दिने प्रयास गरेका छन्।
गायकसमेतले अभिनय गरेको भिडिओमा सुजनले प्रिया लिम्बुसँगै अभिनय गरेका छन्। भिडिओमा गायक र ‘फ्यान’बीच गाँसिने प्रेम सम्बन्धको कथा आकर्षक शैलीमा प्रस्तुत गरिएको छ।
लजाएर एक्लै किन बसेकी मायालु
अब छाता छोड एक्लै नओड मायालु
सरल शब्द, रुमानी दृश्य र मनप्रिय संगीतले गीति भिडियोलाई नयाँपन दिएको छ। भिडियोमा ‘तीनपाते’बाट चर्चामा आएको जोडी मिलन खत्री र अनु काफ्लेको पनि अभिनय देख्न पाइन्छ। भिडिओमा सरिना गुरुङ, शिव थापा, सुजन भट्टराई लगायतको समेत अभिनय छ।नयाँ गीत ‘लजाएर’बाट पनि नवीन र सुजनले अघिल्लो गीतमा जस्तै दर्शक स्रोताहरुबाट प्रशंसा पाइरहेका छन्।
Discussion about this post