प्रदिप लामाले गाए कृष्ण ओली र रुपा ओलीको जिबनिमा मार्मिक गीत : भिडियो सहित

गायक / संगीतकार प्रदिप लामाले कृष्ण ओली र रुपा ओलीको जिबनिमा (तिमि मेरी जिबन संगिनी)को भिडियो ल्याए | नेपाली सांगीतिक क्षेत्रमा राम्रो आशा बोकेका गायक/ संगीतकार प्रदिप लामाले करेन्ट लागेर दुवै हात गुमाएका कृष्ण ओलीमा घटेको घटना र रुपा ओलीले कृष्ण प्रति देखाएको माया श्रद्धा र स्नेहलाई मध्यनजर गर्दै उनीहरको जिबनिमा गीत रचना गरी संगीत गरी गाएर म्युजिक भिडियो बजारमा ल्याएका छन् |
अहिले कृष्ण ओली र रुपा ओलीको माया प्रेम चर्चामा छ | उनीहरुको माया देखेर हर कोइ यो सोंच्न बाद्य हुन्छ कि काष हाम्रो माया, हाम्रो जोडी पनि यस्तै होस् |
गायक प्रदिप लामाका पछिल्ला गीत हेर्ने हो भने,नेपाली गीत थुप्रै छन् यसका अलावा उनले हिन्दी गीतहरु पनि गाएर युट्युवमा राखेका छन् । उनले गाएका हिन्दी गीत र नेपाली गीतहरु युट्युव सर्च गर्दा थुप्रै पाइन्छन् । गायक प्रदिप लामाले कृष्ण ओली र रुपा ओलीको मायालाई र उनीहरुको जिबनिमा घटेको घटना देख्दा मन थाम्न नसकी गीत रचना गरी संगीत गरेर भिडियो बाजारमा लयाएको बताउँछन |
उक्त गीतमा शब्द र संगीत र स्वर गायक प्रदिप लामाकै रहेको छ भने, संगीत संयोजन पुस्कर सुनुवारको रहेको छ । गीतको भिडियोमा कन्सेप्ट जितेन बान्तवाको रहेको छ | छायांकन केशब बिस्वकर्मा, सम्पादन नबिन सुनुवारको रहेको छ |। उक्त गीतको भिडियोलाई गायक प्रदिप लामाको युट्युब च्यानलमा हेर्न सकिन्छ |
<iframe width="696" height="392" src="https://www.youtube.com/embed/MlAF5QbeKcA" frameborder="0" allow="accelerometer; autoplay; encrypted-media; gyroscope; picture-in-picture" allowfullscreen></iframe>



Labels:

Post a Comment

bk

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget