यदि तपाई हिन्दु हुनुमा गर्भगर्नुहुन्छ भने एक पल्ट अवश्य पढ्नुहोस,धर्मको बारेमा एउटा सत्य

पर्सियनहरु अर्थात अहिलेको ईरान भएका ठाँउमा बस्ने हरुले सिन्धु अर्थात ईन्दु खोलाको पारी बस्ने अनि सनातन सस्कार भएका व्यक्तिहरुलाई हिन्दु भनिएको पाइन्छ अझ भनौ हिन्दु शब्द प्रयोग गरिएको पाइन्छ । ईन्डिका भन्ने शब्द चाँही ग्रीक हरुले भारतीय उपमहाद्धीपलाई जनाउन प्रयोग गरेको पाइन्छ ।
भारतीय उपमहाद्धीपको नामाकरण र हिन्दु शब्दको आसन्न समबन्ध छ । ईन्डियालाई ईन्दुस खोलाको नामको आधारमा नामाकरण गरियो, पहिले ग्रीकहरुले प्रयोग गरेको ईन्डिका शब्दलाई पर्सियनहरुले पनि प्रयोग गरे । पुरानो पर्सियन भाषामा “स” शब्दको उच्चारण “ह” जस्तो गरि समान हुन्थ्यो र त्यसै अनुरुप ईन्दुस सिन्धुस अनि हिन्दुस हुन गएको हो । आज हिन्दुत्वलाई धर्म अनि संस्कारको मात्र सिमामा राख्नेहरुलाई जानकारी गराउन चाहयौं कि हिन्दु शब्द आँफैमा धर्म या सस्कृती मात्र नभई भौगोलिक सिमाको सम्बोधन हो ।
संस्कृतमा पनि सिन्धुको अर्थ खोला या नदि भन्ने हुन्छ । अब सानो तथ्य उक्काउन चाह्यौं, चारै वेद या उपनीषधमा पनि कहिँ कतै हिन्दु शब्द या धर्मको उल्लेख गरिएको पाइन्न । आठौं शताव्दीका गुरु शकंराचार्यको भनाई अनि पुस्तकहरुमा पनि कहिँ कतै हिन्दु शव्द या धर्मको उल्लेख पाइन्न । पछि आएर १२ औं शताव्दी पछिका मात्र लेखमा केही शब् लगायतका अध्यात्मिक श्लोक र कविताहरुमा हिन्दु शब्द उल्लेख भएको पाइन्छ ।
केही सनातन दर्शनका अध्यात्मिक हाँगाहरु जस्तै बैष्णव, शक्त, महायना, बज्रयना, अदबैता आदिमा पनि कहिँ कतै हिन्दु शब्द बर्णन भएको पाइन्न । ११ औं शताव्दीका दिल्लीका सुल्तानले जारी गरेका तारिख अल हिन्द दस्तावेजका अनुसार भारतीय उपमहाद्धीप भित्रका सम्पूर्ण गैर ईस्लामिक जनसख्याँलाई जनाउन हिन्दु शब्द प्रयोग गरेको प्रथम दस्तावेज भेटिन्छ । सुस्तरि हिन्दु शब्दको प्रयोग हुन थाल्यो, १६ औं देखि १८ औं शताव्दी बिचमा बंगाली बैष्णव गौडियाहरुले आफुलाई बिदेशीबाट अलग्गै राख्न हिन्दु शब्द प्रयोग गरेको पाइन्छ । क्रमशं १२ औं शताव्दीपछि हिन्दु शब्दको प्रयोग बढ्दै गएको पाइन्छ, पछि गएर बेलायती उपनीवेशवादीहरुले बिभेद अनुरुप शाषन गर्ने रणनिती अनुसार हिन्दु, मुलमान, पर्सियन आर्यन लगायतका शब्दहरु र बिभेदमा प्रश्रय दिएको पाइन्छ ।
तर यथार्थमा हिन्दु भनेको कुनै एउटा धर्म या संस्कारमात्र नभईकन धेरै सस्कार दर्शन अनि सभ्यताको मिश्रण भन्ने हो । भौगोलिक रुपमा सम्बोधन गर्न प्रयोग गरिएको यो शव्दभित्र मुसलमान, बौद्ध, जैन लगायतका धेरै धर्म या परम्परा पनि अटाँउदछ । हिन्दु स्वयममा पनि कुनै अलग्गै धर्म हैन भनेर बुझन अनि बुझाउन जरुरी छ, सनातन धर्मलाई हिन्दु धर्मका रुपमा बुझ्नु सिमीत ज्ञान मात्र हुनसक्दछ ।
मुख्य एतिहासिक घटनाहरुलाई यहाँ सुचीबद्ध गर्न चाहयौं ।
ईशापूर्व २०००, ईन्दु उपत्यका सभ्यताको शुरुवात, १५०० देखि ५०० ईशापूर्व, वैदिक परम्पराको काल , ईशापूर्व ५०० देखि सन् ५००, पौराणीक काल, सन् ५०० देखि सन् १५००, मध्यकालिन काल , सन् १५०० देखि १७५७, पूर्व आधुनिक काल , सन् १७५७ देखि १९४७, बेलायती उपनीवेश, सन् १९५७ देखि हालसम्म, प्रजातान्त्रीक र आधुनिक काल
इतिहासको एक झलक
आजको पाकिस्तान भएको ठाँउवाट बग्ने ईन्दु उपत्यकाको सभ्यतामा दुईवटा ठूला शहरहरु मोहेनोजारो र हरप्पन थिए । ति शहरहरुमा पानीको राम्रो प्रवाह, फोहोर फाल्ने प्रणाली लगायत अन्य धेरै बिकासगत संरचना थिए । कृषी मुख्य पेशा रहेको यी शहर अनि आसन्न ठाँउहरुमा सामुहीक अन्न भण्डारणको सुबिधा पनि थिए । ईरानी शहरहरुसंग पनि यो सभ्यता जोडिएको थियो भने आजपनि यो सभ्यताका धेरै ठाँउहरु उत्खनन गर्न बाँकी छ ।
धर्म र भाषाका हिसाबले ईन्दुस उपत्यकाको इतिहास थाहा पाउन सकिएको छैन तथापि नदिमा स्नान गर्ने, ध्यान गर्ने अनि दानपुण्य गर्ने चलन भने रहेको पुष्टि हुन्छ । जनावर वलीको परम्परा पनि रहेको पुष्टि भएको अध्ययनहरुले देखाँउदछ ।त्यपछि क्रमशः साहित्य अनि भाषामा अत्यन्त महत्व बोकेको काल पौराणीक काल शुरुवात भयो । मन्दिर अनि पुजा गर्ने चलनमा धेरै बढोत्तरी हुँदै आयो भने महाभारत, रामायण लगायतका ग्रन्थहरु पनि यहि कालखण्डमा कथिए । सस्कृत भाषामा कथिएका यि ग्रन्थहरु आज पनि सनातन सस्कार मात्र नभई हिन्दु परिवारमा अधिकांशलाई मुखाग्रे छ ।
त्यसपछि मध्यकालिन समयमा बिशालकाय मन्दिर अनि सास्कृतीक सम्पदाहरुको बिकास भएको पाइन्छ, भारत उडिसाको जगन्नाथपुरी लगायत सिदमबरमको शिव मन्दिर लगायत थुप्रै राजनैतिक अनि धार्मीक आस्थाका केन्द्रहरु स्थापित भएको पाइन्छ ।यसैक्रममा आचार्य अनि गुरुहरु लगायतका चिन्तकहरुको चिन्तन, दर्शन अनि बिचारहरु लिपीबद्ध हुन थालेको पाइन्छ । प्रथम शकंराचार्यको पनि यसै कालमा प्रार्दुभाव भएको हो, उतिबेला अत्यन्तै बाहुल्यता बढेको जैनिस्म र बौद्धमार्ग पन्छाँउदै शंकराचार्यले सनातन सस्कारको पूर्नस्थापना गराउनमा ठुलो श्रेर्य दिइएको छ ।
पूर्व आधुनिक कालमा मुसलमान शाषकहरुले आक्रमण गरेर साम्राज्य बिस्तार गरेको उदहारण छ । टर्कीका सुल्तान संगको पराजय पछि नै मुसमान शाषकहरुको बाक्लो उपस्थिती बढेकोमा मुगल साम्राज्यको शुरुवात पछि झनै बढेको पाइन्छ ।
उतिवेला अचम्मसंगले ईस्लामीक आधार अनि भक्ति दर्शन र योगालाई एउटै सुत्रमा बाँधिएको पनि थियो । उतिबेलाका मीराबाई, दादु, सुरदास, ओमर खयाम लगायतका थुप्रै लेखक अनि कवीहरुको सनातन र ईस्लाम मिश्रीत काव्य रसहरु अझै हामीले पढ्दै अनि गाँउदै आएका छौं । सन् १७५७ पछि बेलायती उपनीवेशले गाँजेको भारतीय उपमहाद्धीपको अहिलेको अफगानीस्तानको सीमादेखि पाकिस्तान, बंलगादेश, म्यानमार लगायत नेपाल बाहेक सबै ठाँउमा शाषन थियो । ईस्ट ईन्डिया कम्पनीले शुरुमा धर्मम खासै वास्ता नदेखाएपनि क्रमशः ईसाई धर्म प्रचारका लागि मिसिनेरीको प्रवेश गराए लगत्तै हिन्दु लगायत अन्य धर्म बीचको सहिष्णुता बिग्रिएको पाइन्छ ।
क्रमशः स्वामी बिवेकानन्द लगायतका धेरै सनातन पूर्नव्याख्याकारहरु हिन्दु शव्द अनि सनातन सभ्यताको पूर्नव्याख्यामा लागेपनि हिन्दु शब्दलाई धर्म या संस्कारसंग मात्र सकुंचीत हेर्ने चलन घटेको छैन् । यस आलेखमा पहिले पनि उल्लेख गरिनै सक्यौं कि हिन्दु भौगोलीक सम्बोधन हो र ईन्दु उपत्यकाका वासी सम्पूर्ण धर्म या सम्प्रदाय हिन्दु भित्र पर्दछन् ।
दशैं या तिहारमा पनि हिन्दुहरुको महान चाड भनेंर व्याख्या गर्दा हिन्दु शब्दले अन्य सम्प्रदायलाई पछि पारेको अनुभव हुन्छ । दशैं, तिहार, मुहर्रम, ईद, बख्रिद सम्पूर्ण हिन्दुहरुकै महान चाड हो । धर्मगत हिसाबमा भने सनातन दर्शनलाई सस्कारका आधारमा धर्म भनिएको हो, सनातन धर्म भन्न सकिन्छ तर हिन्दु केवल धर्म मात्र त कहाँ हुन्छ र ?-हाम्रोपात्रोबाट

Post a Comment

bk

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget