darpannepal

Latest Post

सर्प सपनामा देखिनु को शंकेतहरु हे हुन भनि जान्न कठीन छ। अरु जनावरहरु झै सपनामा सर्प देखिनुको धेरै हुन सक्छ। सर्प यौन को संकेत हो। सर्पको सपनाले यौनशक्तिलाइ संकेत गर्दछ। यदि सर्प सपनामा आफुसँग बेरिन्छ वा कुनै शक्ति संचार गर्ने गरि काम गर्दछ भने त्यो सपनाले तपाइको यौन शक्ति बढेको संकेत गर्ने हुन्छ।केहि सभ्यतामा सर्पलाइ ज्ञान र शक्तिको प्रतिक मानिन्छ। सर्प सपनामा देखिनुको अर्थ हुन्छ, व्यक्तित्वमा आउने परिवर्तन। यस्ता सपनाले तपाइलाइ अत्याउने गर्दछ, तर साथसाथ जुन कुराबाट एकदमै दुखित हुनुहुन्छ तीबिर्साउने अवसर पनि प्रदान गर्छ साथै तपाइलाइ सावधान बनाउछ, र एकदमै नलौ जीवनको बाटोबाट अगाडी बढाउन सहयोग गर्दछ।सर्पले सावधान गराउछ, यदि तपाइलाइ कसैले छल गर्न लागेको छ भने।
कुनै लुकेका कुरा वा गोप्यकुराहरु प्रति तपाइलाई संकेत गर्ने हेतुले पनि सर्पको सपना देखिने हुन्छ।वा कुनै कुराको सत्यता तपाइलाइ थाहा छैन भने पनि त्यसबारेमा संकेत गर्न खोजिएको पनि हुन सक्छतपाइसंग लुकेका क्षमताको संकेतार्थ पनि हुनसक्छ सर्पको सपना। हामीले कुनै कुराको परिवर्तन प्रतिमानिने डरको को बारेमा हुन्छ यस्तो सपना। जमिन मुनिबाट सुतेर (हाइबर्नेसन) उठेको सर्प आउदै गरेको सपना देखेमा तपाइमा भएको शक्ति तथा कार्यक्षमता तपाइको जोश र प्रेरणासगं मिलाउन चाहिने उर्जा प्राप्तिको लागि हुनसक्छ।
आध्यात्मिक शक्ति वृद्धि
केही पूर्वीय संस्कृति अनुसार सर्पको सपनालाइ जागेको कुण्डलीनीसंग पनि बुझिन्छ, मेरुदण्डको आधार बाट निस्कने यो शक्तिले तपाइको आध्यात्मिक शक्तिलाइ जनाउछ। सपनाको सर्पले तपाइलाइ बिग्रान हैन बरु तपाइको सुधारको लागि देखापर्ने हुन्छ।सपनामा सर्प देखिनुले तपाइको वास्तविक जीवनमा अप्ठ्यारो अवस्था सृजना भइरहेको कुरालाइ पनि इंकित गर्दछ। जीवनको भद्रगोलता लाइ पनि बुझाउँछ यस्तो सपनाले।सपनामा देखिरहिने सर्पहरुको अर्थ राम्रो तथा नराम्रो दुवै हुन्छ। सर्पलाइ गरिने व्यवहार र सर्पको बारेमा चलिआएको भनाइहरुपनि संस्कृति अनुसार फरक फरक नै हुन्छ। त्यसैले यस्को सपनाको प्रभाव तथा अर्थपनि फरक फरक नै हुन्छ।डरको प्रतिकको पनि मानिन्छ सर्पलाइ, साथै लुकेका खतरा, वा कुनै व्यक्ति कतिको राम्रो नराम्रो भन्ने बारेमा पनि छुट्याउन सहयोग गर्छ सर्पको सपनाले।

हरेक धर्ममा आ—आफ्नै संस्कार र रीतिरिवाज हुन्छन् । हिन्दु धर्ममा झनै धेरै परम्परागत मान्यताहरु छन् ।अधिकांश हिन्दु मन्दिरमा घन्टी राखिएको हुन्छ । यो शताब्दियौँदेखि चलिआएको धार्मिक संस्कार त हो नै, यसबाहेक वैज्ञानिक कारण पनि छ । जुन धेरैलाई थाहा नहुन सक्छ । दुई कारण तल प्रस्ट्याईएको छ ।
धार्मिक कारण : मन्दिरबाहिर, प्रवेशद्धार, भित्र वा वरिपरि जताततै घन्टी राखिएको हुन्छ । मन्दिर गएपछि घन्टी बजाउनुपर्छ भन्ने मान्यता छ । तसर्थ, जानीनजानी पनि मन्दिर प्रवेश गर्नुअघि दर्शानार्थीले घन्टी बजाउँछन् । घन्टी बजाउँदा पाप भाग्ने र शक्ति प्राप्त हुने आगमशास्त्रमा उल्लेख छ । घन्टीको आवाज देवीदेवतालाई सुमधुर लाग्छ भन्ने अर्को मान्यता पनि प्रचलित छ ।
वैज्ञानिक कारण : मन्दिर प्रवेश गरेसँगै घन्टी बजाउँदा मनलाई सफा र जागरुक बनाउँछ । साथै, ध्यानलाई पुर्ण रुपमा केन्द्रित गर्दै भक्तितिर आकर्षित गर्दछ ।
प्राय : घन्टी लामो र तिखो आवाज आउने गरी बनाइएका हुन्छन् जसको प्रतिध्वनी कम्तीमा सात सेकेन्सम्म सुनिन्छ । प्रतिध्वनिको समयावधिले हाम्रो शरीरका सातैवटा रोगनिवारक केन्द्रलाई सक्रिय बनाउँछ । जसले मस्तिष्कमा रहेका सबैखाले नकारात्मक विचार हटाउन मद्दत गर्छ भन्ने वैज्ञानिक मान्यता छ ।


सर्वाधिक आकर्षक महिला– पुरुषको खोजी सजिलो काम होइन । आकर्षक महिला–पुरुष यस्तै हुन्छन् भनेर ठोकुवा गर्ने वस्तुवादी एवं वैज्ञानिक मापदण्ड पनि छैन ।कसैलाई कसैको आँखा मन पर्छ त कसैलाई पर्फेक्ट फिगर । कोही क्याडबरी ओठप्रति आकर्षित भैरहेका हुन्छन् त कसैलाई चकलेटी अनुहारले तानिरहेको हुन्छ ।
कोही अनुहारको वनावट त कोही रंगमा मुग्ध भैरहेका हुन्छन् । कसैलाई बौद्धिक सुन्दरताले लोभ्याइरहेको हुन्छ । त्यसैले सर्वस्वीकार्य ‘ड्रिम गर्ल’ वा ‘ड्रिम ब्वाई’को खोजी जटिल विषय हो ।संसारभर फरक–फरक मापदण्डका आधारमा सर्वाधिक आकर्षक महिला–पुरुष खोजी गरिन्छ । त्यसमा सर्वेक्षण, जनमत, व्यवसायिक सफलता, प्रभाव, सामाजिक योगदान, बौद्धिकता, सुन्दरताजस्ता पक्षलाई आधार बनाइएको हुन्छ ।
आकर्षण महिला–पुरुष छनौटमा प्राय:जसो मिडियामा छाइरहने, सेलिब्रेटी तथा सामाजिक भूमिका देखिएका व्यक्तिहरू नै पर्छन् ।विगत १० वर्षदेखि प्रणय दिवसको अवसर पारेर साप्ताहिकले विविध क्षेत्र एवं ब्यवसायिक पृष्ठभूमिका प्रतिनिधि पात्रका मतका आधारमा नेपालका सर्वाधिक आकर्षक पुरुष–महिला खोज्ने जमर्को गरिरहेको छ । प्रस्तुत छ यो वर्ष आकर्षक पुरुषको सुचीमा पर्न सफल व्यक्तिका बारेमा जानकारी :
१. पारस खड्का
झन्डै एक दशकदेखि नेपाली राष्ट्रिय क्रिकेट टिमको नेतृत्व गरिरहेका छन्– पारस खड्का । उनकै नेतृत्वमा नेपाली क्रिकेटले एकपछि अर्काे सुखद् नतिजा हासिल गरिरहेको छ ।६ फिट १ इन्च अग्ला पारसको आकर्षक व्यक्तित्वले धेरैलाई मोहित तुल्याउँछ । ३१ वर्षीय अलराउन्डर पारस राइट ह्यान्ड ब्याट चलाउँछन् भने उनी राइट ह्यान्ड मिडियम फास्ट बलर हुन् ।
२. सन्दीप लामिछाने
पछिल्ला चार वर्षमा युवा क्रिकेट सेन्सेसनका रूपमा सन्दीप लामिछानेको उदय पनि गज्जब कै छ । सन्दीपले ‘नाम र दाम’ दुवै कमाउँदै राष्ट्रिय रूपमा मात्र होइन, अन्तर्राष्ट्रिय रूपमै तहल्का मच्चाइरहेका छन् ।
आर्थिक हिसाबले विश्वको सबैभन्दा ठूलो क्रिकेट लिग इण्डियन प्रिमियर लिग (आइपिएल)देखि बिग बाससम्मका ठूला र प्रतिष्ठित प्रतियोगितामा उनको उपस्थिति त्यसको प्रमाण हो । चितवनका १८ वर्षीय सन्दीप सन् २०१६ देखि राष्ट्रिय टिममा सहभागी छन् ।
३. कुलमान घिसिङ
लोडसेडिङ हटाएर कुशल व्यवस्थापकमा दरिएपछि कुलमान घिसिङ धेरैका प्रिय भएका हुन् । विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशक नियुक्त भएपछि घिसिङले आफ्नो व्यवस्थापकीय कुशलता दर्साउँदै इच्छाशक्ति र क्षमता भए असम्भव केही छैन भन्ने उदाहरण प्रस्तुत गरे ।
प्राधिकरणमा सुधारका काम गरेर त्यसलाई नाफामा पुर्‍याए । रामेछापको बेथानमा जन्मिएका घिसिङले पुल्चोक क्याम्पसबाट पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स तथा पोखरा विश्वविद्यालयबाट ईएमबीए गरेका छन् ।
४. अनमोल केसी
चकलेटी लुक्सका अभिनेता अनमोल केसीलाई अहिले नेपाली चलचित्रका सबैभन्दा महँगा स्टार मानिन्छ । युवापुस्ताका अभिनेताहरूमा उनको स्टारडम सबैभन्दा शक्तिशाली छ । अनमोलको नामैले फिल्म हिट हुन्छन् । रोमान्टिक अभिनेता भुवन केसीका २४ वर्षीय छोरा अनमोल जता गए पनि प्रशंसकहरूबाट घेरिन्छन् ।
५.प्रदीप खड्का
प्रदीप खड्का नेपाली सिने उद्योगका चर्चित स्टार हुन् । ललितपुरको कुसुन्तीमा जन्मिएका खड्काले मार्केटिङमा स्नातकोत्तर गरेका छन् । छोटो अवधिमै ठूलो स्टारडम निर्माण गर्न सफल प्रदीप अहिलेका महँगा अभिनेतामा गनिन्छन् । लियोनार्दो डि कार्पियोलाई आर्दश मान्ने २९ वर्षीय प्रदीपले एक समय नेपाल टेलिभिजनमा ‘भुराभुरीको हल्लाखल्ला’ शीर्षकको कार्यक्रम समेत चलाएका थिए । प्रदीप अभिनेतासँगै मोडल तथा निर्माता पनि हुन् ।
६.सन्दीप क्षेत्री
सन्दीप क्षेत्री वीरगन्ज, छपकैयाबाट सिनेमाको हिरो बन्न भनेर काठमाडौं आएका थिए । उनले त्यसका लागि अभिनयको तालिम लिए अनि थिएटरमा काम गरे तर, आफ्नो ह्युमरस क्यारेक्टरका कारण उनले पछि नेसनल टेलिभिजनमा ‘विकेन्ड शो’ तथा ‘द फलप शो’ कार्यक्रम चलाए ।
जब कान्तिपुर टेलिभिजनबाट ‘ह्वाट द फलप’ को प्रसारण प्रारम्भ भयो, त्यसपछि क्षेत्रीले पछाडि फर्केर हेर्नुपरेको छैन । ३४ वर्षीय सन्दीप अहिले चलचित्र, स्टेज तथा टेलिभिजन सबैतिर छाइरहेका छन् । ५ फिट १० इन्च अग्ला सन्दीपले म्यानेजमेण्टमा स्नातकोत्तर गरेका छन् भने उनी विज्ञापन, चलचित्र आदिमा काम गर्नुका साथै प्राध्यापनसमेत गर्छन् ।
७.सौगात मल्ल
भर्सटाइल अभिनेताका रूपमा सौगात मल्लको बेग्लै पहिचान छ । ब्लकबस्टर ‘लुट’मा हाकु कालेको भूमिकामा दमदार अभिनय गरेपछि प्रसिद्धि कमाएका मल्ल थिएटर हुँदै चलचित्रमा आएका हुन् । नवपरासीका सौगात स्टाइलभन्दा बढी अभिनयमा विश्वास गर्ने अभिनेता हुन् । मल्लको आकर्षक व्यक्तित्व एवं अभिनय क्षमतालाई धेरैले रुचाएका छन् ।
८. दयाहाङ राई
भोजपुरमा जन्मिएका दयाहाङ राई भिन्न अभिनय क्षमताका कारण लोकप्रिय छन् । ५ फिट ७ इन्च अग्ला राईले सन् २००६ मा ‘अनागरिक’बाट चलचित्रमा डेब्यु गरेका थिए । चलचित्र ‘लुट’को गोफ्लेको भूमिकामा उनलाई धेरैले मन पराए । अभिनयसँगै निर्देशन एवं लेखनमा समेत सक्रिय दया थिएटर हुँदै चलचित्रमा आएका हुन् ।
९.आशिरमान देशराज जोशी
अभिनेता आशिरमान देशराज जोशीको चर्चा चलचित्र ‘ग्याङ स्टार ब्लुज’बाट भएको हो । ६ फिट ३ इन्च अग्ला आशिरमान युवतीहरूमाझ निकै लोकप्रिय छन् । बैंकर रविना देशराजका छोरा आशिरमानको अभिनय क्षमताको प्रसस्त प्रशंशा हुने गरेको छ । उनी अभिनेतासँगै मोडल तथा भिजे समेत हुन् ।
१०.नाजिर हुसेन
बारा स्याउलीचोकका नाजिर हुसेन ‘पुन्टे परेड’बाट नेपाली चलचित्रमा भित्रिएका हुन् । थिएटर हुँदै सिने नगरीमा आएका हुसेनको अभिनय क्षमता अब्बल छ नै उनी शारीरिक रूपमा समेत उत्तिकै आकर्षक छन् ।
आधा दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका नाजिरले झन्डै २ दर्जनजति नाटकमा अभिनय गरेका छन् । स्नातक तहमा अध्ययनरत २७ वर्षीय हुसेन ५ फिट १० इन्च अग्ला छन् । साप्ताहिकबाट

तपाईले कसैको सामू कहिल्यै पनि झुक्नु पर्दैन , यी ५ जीवनमन्त्र हेर्नुहो सविचार व्यक्त गर्नअघि एक पटक सोच्नुहोस् बोल्न वा विचार व्यक्त गर्नुअघि एक पटक चिन्तन गर्नुहोस्, ताकि तपाईको विचार गलत समयमा नपरोस् ।यो एक सामान्य उपाय हो, हामी आफ्नो रवैयालाई परिवर्तन गरेमा जीवनमा धेरै कष्ट, समस्याको कामना गर्नु पर्दैन ।आलोचनाबाट टाढा रहने र अर्कोलाई नउडाउने (सकारात्मकता) यदि तपाईमा माया, स्नेह, दया, करुणा वा कल्याण जस्ता सकारात्मक भावना बढी छन् भने जोसँगको सम्बन्ध सुमधुर र बलियो रहन्छ ।तर, यसको विपरित रिस, राग, चिन्ता, आलोचना, गल्ती खोतल्ने बानी जस्ता नकारात्मक आचरण छन् भने सम्बन्ध मात्र होइन, तपाई आफैँ बिलाउनुहुन्छ । नकारात्मक भावनालाई कहिल्यै बढावा नदिऊ ताकि खुशी हुन कुनै बाहाना खोज्न नपरोस् । अरुको अलोचना गर्नुको सट्टा उसलाई प्रसंशा वा हौसला दिने बानी बासाल्नुपर्छ ।
आफ्नो कमजोरीलाई ध्यानमा राख्ने तपाई दुःखी वा रिसाउन सजिलै सक्नुहुन्छ भने यो तपाईको कमजोरी हो। र यदि खुशी हुन हुन गाह्रो पर्छ वा साना कुरामा खुशी नमिल्नु एउटा कमजोरी हो । तपाई सामाजिक हुनुहुन्छ भने साना कुरामा पनि खुशी बन्न सक्नुहुन्छ।
यस्तै, मानिसमा नराम्रा बानी चाँडै अपनाउने र विकासित गर्ने बानी हुन्छ ।तर, राम्रो बानी अपनाउन निकै समय लाग्छ । खुशी हुन गाह्रो यदि तपाई ‘आजको समयमा जिउनु पर्छ’ भन्ने सोचाईको हुनुहु्न्छ भने तपार्ई त्यो खुशी व्यक्ति हो जसलाई देखेर वरपरका खुशी रहन्छन् । खुशी साना–साना कुरामा पाइन्छन्, तर प्राय जसो साना कुरामा मानिस दुःखी भएको पाउँछौ । यस शैलीलाई परिर्वत गर्न जरुरी छ, किनकि दुःखीपनले जीवन अघि बढ्न सक्दैन ।आफूमा लागू माथिका कुरालाई एउटा चार्टमा उतार्नुहोस् र आफूले प्राय देखिइरहेने ठाउँमा टाँस्नुहोस् । आफूमा कमि महशुस गर्नुहोस्, जीवनमन्त्रको रुपमा जीवनमा अपनाउनुहोस् ।

दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो अन्धविश्वास मात्र हो । आँखा वरिपरिका मांशपेशीहरू संकुचित हुँदा आँखा फर्फराउँछ । यसका केही कारणबारे जानिराखौं : 
१. थकान र तनावका कारण आँखा फर्फराउँछ । तनाव कम गर्न सक्नुभयो भने आँखा फर्फराउन बन्द हुन्छ । राम्ररी निद्रा पुगेको छैन भने पनि आँखा फर्फराउँछ । 
२. धेरै मापसे गर्दा पनि आँखा फर्फराउँछ । 
३. धमिलो बत्तीमा काम गर्दा अनि कम्प्युटरमा लामो समय काम गर्दा पनि आँखा फर्फराउँछ । कसरी रोक्ने त ? टन्न पानी पिउनुहोस् । पूरा आराम हुनेगरी धेरैभन्दा धेरै सुत्नुहोस् । अनि आँखाको मसाज गर्नुहोस् । आँखीभौंलाई ३० सेकेन्डसम्म झिम्क्याउनुहोस् । एक हप्ताभन्दा बढी समयसम्म पनि आँखा फर्फराइरह्यो भने चाहिँ चिकित्सकलाई भेट्न जानुपर्छ ।

१. अर्काको पति वा पत्नीमाथि खराब नजर लगाउने वा उसलाई पाउने इच्छा गर्ने ।
२. अर्काको धन हडप्न खोज्ने ।
३. सोझो र निरपराध मानिसलाई कष्ट दिने, उसलाई हानि गर्ने, धनसम्पत्ति लुट्ने, उसका लागि बाधा उत्पन्न गर्ने योजना बनाउने ।४. खराब बाटो हिँड्नका लागि आफैं तत्पर हुने । 
५. कुनै गर्भवती महिला वा रजस्वलामा रहेकी महिलालाई कटुवचन लगाउने वा उसको चित्त दुखाउने । 
६. कसैको मान सम्मानमा हानि पु–याउने उद्देश्य राखेर झूट बोल्ने । 
७. अर्काको कुरा काटेर बस्ने ।
८. धर्मले प्रतिबन्ध लगाएका खानेकुरा खाने वा धर्मविपरीत काम गर्ने । 
९. बालबालिका, महिला वा कुनै कमजोर जीवविरुद्ध हिंसा र असामाजिक कार्य गर्ने ।
१०. ब्राह्मणबाट वा मन्दिरबाट सामान चोर्ने वा गलत तरिकाले हत्याउने । 
११. गुरु, मातापिता वा पूर्वजको अपमान गर्ने ।
१२. रक्सी पिउने अनि दान गरेको कुरा फिर्ता लिने । 

१. मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने
२. पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने
३. हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने
४. चिल्लो नखाने
५. हल्का उम्रेको गेडागुडी बिहान बिहान खाने
६. पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने
७. बदाम भिजाएर खाने
८. मह घाउमा लपक्क लगाउने
९. निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने
१०. जिरा वा खयर चपाउने यसरी पनि निको नभए डाक्टरलाई देखाउने ।’

bk

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget