Search
Wednesday 16 January 2019
  • :
  • :

ग्लोबल नेपाली फिल्म, म्यूजिक, मिडिया तथा सोसल अवार्ड २०१८ केहि समय पछि सुरु हुदै

ग्लोबल नेपाली फिल्म, म्यूजिक, मिडिया तथा सोसल अवार्ड २०१८ केहि समय पछि सुरु हुदै

नेपाली चलचित्र, सङ्गीत, सञ्चार र संस्कृतिलाई अन्तराष्ट्रियस्तरमा प्रवर्धन गर्दै सम्पूर्ण नेपाली तथा नेपालीभाषी मनहरुलाई एउटै मन्चमा सम्मान र प्रोत्साहन प्रदान गर्ने उद्धेश्यले आयोजना हुन लागेको ग्लोबल नेपाली  फिल्म,म्यूजिक,मिडिया तथा सोसल अवार्ड २०१८ को तयारी अन्तिम चरणमा पुगेको छ। नयाँ बर्ष सन् २०१९ को अवसरमा लभ एण्ड सपोर्ट फाउन्डेशनको अयोजना तथा ग्लोबल नेपाली फिल्म एंड म्युजिक एल.एल .सी .को सहकार्यमा “नेपाली चलचित्र, संगीत ,सञ्चार र संस्कृतिको पहिचान र प्रवर्धनका लागि हाम्रो सामुहिक अभियान ” भन्ने नाराका साथ सम्पन्न हुन लागिरहेको सो समारोह अमेरिकामा यसरी एकै पटक चलचित्र ,संगीत ,संचार तथा सामाजिक क्षेत्रमा योगदान गर्नेहरुका लागी सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको सम्भवत यो प्रथम तथा ऐतिहासिक  हुने आयोजकहरुले  बताएका छन्   ।

आगामी डिसेम्बर २२ शनिबारका दिन नर्थ क्यारोलिनाको सुन्दर रानी शहर सार्लोटमा “ग्लोबल फिल्म,म्यूजिक,मिडिया तथा सोसल अवार्ड २०१८ ‘ हुने छ ।   अमेरिकामा छरिएर रहेका नेपाली  तथा नेपालीभाषी कलाकार,श्रस्टा/सर्जक , अभियेंता एवं संचारकर्मीहरुलाई  एकबद्ध गर्दै  सम्मान एवं प्रोत्साहन गर्ने उद्देश्य सहित आयोजना हुन लागेको ग्लोबल  नेपाली फिल्म,म्यूजिक,मिडिया तथा सोसल अवार्ड २०१८ मा सहभागी हुन कलाकार/ पत्रकार एवं समाजसेवीहरुले सहभागीता जनाउने  प्रतिबद्ता जनाएपछि उक्त कार्यक्रम ऐतिहासिक हुने सम्भावना देखिएको हो ।

आयोजक संस्था लभ एण्ड सपोर्ट फाउन्डेशनका अध्यक्ष  एवं अवार्ड वितरण समारोहका संयोजक मनोज राई, अन्तरराष्ट्रिय नेपाली पत्रकार संघका महासचिव एवं लभ एण्ड सपोर्ट फाउन्डेशन कार्यक्रम निर्देशक तथा अवार्ड वितरण समारोहका संयोजक  शिव बिष्ट , कलाकार  समन्वय समितिका संयोजक तथा चलचित्र निर्देशक  शंकर घिमिरे तथा कार्यक्रम संचालन समितिका संयोजक तथा संचारकर्मी/कलाकार सरोज के.सी.का  अनुसार यो कार्यक्रममा सहभागी हुन अमेरिकामा मात्र नभई क्यानडा , नेपाल ,सिंगापुर ,हंगकंग  ,बेलायत  लगाएतका देशहरुमा  बसोबास गर्ने  कलाकारहरु, भारत तथा भूटानि मूलका कलाकार ,नेपालका प्रसिद्ध कलाकारहरु तथा संचारकर्मीहरुको उपस्थिती रहेको छ   ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *