Search
Wednesday 16 January 2019
  • :
  • :

बिहान उठ्ने वित्तिकै मन तातो पानी पिउँदा निम्न फाइदा हुन्छः

बिहान उठ्ने वित्तिकै मन तातो पानी पिउँदा निम्न फाइदा हुन्छः

वजन घट्छः दैनिक खाली पेट मनतातो पानी खाँदा शरिरको फ्याट पगालिदिन्छ जसका कारण तौल घटाउन सहयोगी मानिन्छ । संक्रमणबाट बचाउँछः मनतातो पानी पिउदा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ, चिसो खोकी जस्ता संक्रमणबाट बचाउछ । एसिडिटीबाट बचाउँछः नियमित मनतातो पानी पिउदा शरिरमा एसिडिटिको सम्भावना हुदैन । छाला चमक हुन्छः दैनिक बिहान उठ्ने वित्तिकै मन तातो पानी पिउदा छालालाई स्वस्थ बनाउछ। अनुहारमा दाग, डन्डीफोर र चाया सम्बन्धी समस्या हराउछ। पेटको दर्द हराउँछःनियमित मनतातो पानी खाँदा पेटको विकार बाहिर आउने हुँदा पेटमा संक्रमण र दुखाईको सम्भावना न्यून हुन्छ । कब्जियतबाट मुक्तः नियमित मनतातो पानी खाँदा पेट सफा गरिदिन्छ, कब्जियतको समस्या हट्छ । कपाल स्वस्थ बनाउछः मनतातो पानीले कपालको जरा बलियो र मझबुत बनाउँछ, कपाल सुन्दर र लामो बनाउँछ । पेटका विकार हटाउँछः मनतातो पानीले पेटका अनावश्यक विकार र उत्तेजित पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । शरिरको गतिविधि स्वस्थ बनाउँछ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *