Search
Wednesday 16 January 2019
  • :
  • :

अदुवा चिया सेवन गर्दा यस्ता फाइदा छन्ः

अदुवा चिया सेवन गर्दा यस्ता फाइदा छन्ः

१. रक्त सञ्चारमा सुधारः अदुवामा रहेको भिटामिन र खनिज एवं एमिनो एसिडले रक्त सञ्चारलाई राम्रो पार्छ र विभिन्न रोगको खतराबाट बचाउँछ । हृदयघात देखि अन्य मुटु सम्बन्धी समस्या समेत अदुवाको चियाबाट कम गर्न सकिन्छ ।

२. बान्त हुने र विरामी पर्नबाट बचाउँछः कुनै पनि यात्रा शुरु गर्नु अघि अदुवा हालेको चिया पिउँदा बाटोमा हुन सक्ने वान्त वा अन्य विमारी हुने समस्या आउँदैन । अलि अलि असजिलो महसुस भएको समयमा पनि अदुवा भएको चिया खानु उत्तम हुन्छ ।

३. रोग प्रतिरोधात्मक क्षमतामा बृद्धीः अदुवाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । अदुवाको चियामा उच्चस्तरको एन्टीअक्सीडेन्ट हुन्छ जसले रोगसँग लड्ने क्षमता बढाउँछ ।

४. दुखाइमा पनि औषधिः अदुवाले तपाइँको शरीरको कुनै भागमा भएका जलन वा दुखाइलाई पनि कम गर्छ । मांसपेसी र जोर्नीको दुखाइमा पनि अदुवाको सेवन सहायक हुन्छ ।

५. महिनाबारीको समाधानः अदुवाको चियाले महिलालाई हुने महिनाबारीको समस्या समाधान गरिदिन्छ । अदुवाको चिया तल्लो पेटमा लगाउँदा पनि यसले दुखाइ कम गर्छ । अदुवा चियामा मह मिसाउन सकेमा त्यसले झनै राम्रो गर्छ ।

६. पाचन प्रणालीमा सुधारः अदुवाले पाचन प्रणालीका क्रियाहरु सहज तुल्याउँछ । अधिक खानेकुरा सेवन गरेको समयमा पनि एक कप अदुवा भएको चिया खानु उपयुक्त हुन्छ ।

७. श्वाप्रश्वासको समस्यामा औषधिः अदुवाको चियाले श्वाप्रश्वासको समस्या हुनेलाई पनि लाभ गर्छ । चिसो लागेको समयमा एक कप अदुवा हालेको चिया लाभदायी हुन्छ । त्यसैगरी वातावरणीय एलर्जीलाई पनि निवारण गरिदिन्छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *