Search
Wednesday 16 January 2019
  • :
  • :

सहिद स्मारक ‘ए’ डिभिजन लिग : हिमालयन शेर्पासँग एनआरटी १–० ले पराजित

सहिद स्मारक ‘ए’ डिभिजन लिग :  हिमालयन शेर्पासँग एनआरटी १–० ले पराजित

नेपाली फुटबलको पुरानो क्लब एनआरटीको पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हारको श्रृङ्खला अझै रोकिएको छैन ।लिगअन्तर्गत नवौं चरणको खेलमा पनि एनआरटीले हार खेपेको छ । सातदोवाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा हिमालयन शेर्पासँग एनआरटी १–० गोलले पराजित भयो । लिगमा एनआरटीको यो आठौं हार हो ।  हिमालयन शेर्पाको जितमा विश्वास श्रेष्ठले निर्णायक गोल गरे । विश्वासले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल शेर्पाको जितमा प्रयाप्त बन्यो । दोस्रो हाफमा पनि गोल गर्ने अवसर बनाएको शेर्पाको प्रयास सपल बन्न सकेन । एनआरटीले दोस्रो हाफमा दुईवटा गोल गर्ने अवसर गुमाएको थियो । जितसँगै १४ अंक बनाएको शेर्पा छैटौं स्थानमा छ । नवौं खेलसम्म जितविहन एनआरटी एक अंक सहित तालिकाको अन्तिममा छ । लिगको पहिलो खेलमा एनआरटीले आर्मी क्लबलाई २–२ गोलको बराबरीमा रोकेको थियो । 


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *