Search
Wednesday 16 January 2019
  • :
  • :

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालद्धारा दरोघर निर्माणका वारेमा रेडियोकर्मीहरुलाई तालिम

भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालद्धारा दरोघर निर्माणका वारेमा रेडियोकर्मीहरुलाई तालिम

इटहरी,भूकम्प प्रविधि राष्ट्रिय समाज नेपालले दरोघर निर्माणका वारेमा रेडियोकर्मीहरुलाई तालिम दिएको छ । सुनसरी,मोरग र झापाका १७ जना रेडियोकर्मीलाई इटहरीमा एक दिने तालिम दिएको हो । तालिममा भूकम्प पूर्वतयारी,राष्ट्रिय भवन संहिता,सुरक्षित निर्माणका १० विधि,भवन संहिता कार्यावन्यनका रणनीति,विपद रिर्पोटिङ गर्दा ध्यान दिनुपर्ने कुराहरु र रेडियोका लागि भूकम्प सम्वन्धि बिषयमा तालिम दिइएको हो । एनसेटको दरोघर दिगो वस्ति ब्यवस्थापक सुमन प्रधान,एनसेटका वरिष्ठ सञ्चार अघिकृत महाआनन्द तिम्सिना र इन्जिनियर हेमन्त गाँईले प्रशिक्षण दिनुभयो । तालिमको समापन समारोहलाई सम्वोधन गर्दै इटहरी उपमहानगर उपप्रमुख लक्ष्मी गौतले सुरक्षित घर निर्माण गर्ने अभियानमा मिडियाको भूमिका महत्वपूर्ण हुने वताउनुभयो । उहाँले इटहरी उपमहानगरले भवन निर्माण सम्वन्धि ऐननै वनाएर भवन निर्माण संहिताको प्रभावकारी कार्यावन्यन गरिरहेको प्रष्ट पार्नुभयो ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *