Search
Wednesday 16 January 2019
  • :
  • :

यी खाने कुरा कहिल्यै खाली पेटमा खान हुँदैन !

यी खाने कुरा कहिल्यै खाली पेटमा खान हुँदैन !

अमिलो फलः अमिलो फल खाली पेटमा सेवन गर्नु हानिकारक हुन्छ । जस्तै सुन्तला, कागती, अम्बा आदि फल खाली पेट खानु हुँदैन । यी खाने कुराने पेटमा एसिड बन्छ ।

चिया र कफीः हामी बिहान खाली पेटमा चिया र कफी पिउने गर्छौं । जुन स्वास्थ्यको लागि हानिकारक हुन सक्छ । यसले एसिडिटी पनि हुन्छ । कफीले हाइड्रोक्लोरिक एसिडको गतिलाई रोक्छ, जसले गर्दा ग्यास्ट्रकिको समस्या हुन्छ । यस्तै चियामा पनि उच्च मात्रामा अम्ल (एसिड) हुन्छ । जसले हाम्रो पाचन प्रक्रियालाई असर पुर्याउनुका साथै पेट दुख्ने समस्या उत्पन्न हुन सक्छन् ।

सफ्ट ड्रिङ्सः विषेश गरी कोल्ड ड्रिन्क्स खाली पेटमा कहिल्यै पिउनु हुँदैन । यसमा उच्च मात्रामा कार्बोनेट एसिड हुन्छ । जुन पेटको एसिडसँग मिसिँदा गम्भीर समस्याको कारण बन्न सक्छ । र पेटमा ग्यास भरिने तथा वान्ता हुने जस्ता समस्याले पनि सताउन सक्छ ।

मसालेदार खानाः प्रायः जसो हामीलाई स्पाईसी वा धेरै पिरो खानेकुरा मन पर्छ र बिहानै ब्रेकफास्टमा खान्छौं । तर यस्तो खानेकुरा कहिल्यै पनि खानु हुँदैन । यसले पुरै दिन पेटमा एसिडिटी बनाउँछ र यसले अल्सर जस्ता रोगलाई पनि निम्त्याउन सक्छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *