Search
Wednesday 16 January 2019
  • :
  • :

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै

शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज तीन खेल हुँदै छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेसको खेल मैदानमा आज पहिलो खेलमा न्युरोड टिम (एनआरटी) ले हिमालयन शेर्पा क्लबसँग प्रतिस्पर्धा गर्दै छ । बिहान ११ बजेदेखि सुरु हुने खेलमा दुवै टिम जितको खोजीमा हुने छन् । त्यस्तै, आजै हुने अर्को खेलमा संकटा क्लबले फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दै छ । हलचोकस्थित एपीएफको मैदानमा साढे २ बजे हुने खेलमा संकटा फ्रेन्ड्सविरुद्ध जितको खोजिमा हुने छ ।संकटा लिगको तेस्रो स्थानमा रहेको छ । संकटाले आठ खेलबाट सात खेलमा जित र एक खेलमा हार ब्यहोर्दै २१ अंक बनाएको छ । यता, फ्रेन्ड्स क्लबको भने आठ खेलबाट पाँच अंक मात्रै रहेको छ ।त्यस्तै, आजै २ बजेर ३० मिनेटमा हुने अर्को खेलमा सरस्वती युथ क्लबले जावलाखेल युथ क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *