Search
Wednesday 16 January 2019
  • :
  • :

ट्राफिकले स्वस्तिमाको लाइसेन्स लगेपछि… (भिडियो)

ट्राफिकले स्वस्तिमाको लाइसेन्स लगेपछि… (भिडियो)

नायिका स्वस्तिमा द्वारा अभिनित फिल्म बुलबुलको टिजर सार्वजनिक भएको छ । ४५ दिन अघि बाटोमा नायक नायिकालाई नचाएर बेग्लै तरिकाले गीत सार्वजनिक गरेको बुलबुलको टिजर पनि अनौठो स्वादमा आएको छ । फिल्ममा नायिका स्वस्तिमा खड्का टेम्पो ड्राइभरको भूमिकामा छिन् । फिल्मको एक दृश्यजस्तो लाग्ने टिजरमा यसअघि चुलबुले भुमिकामा देखिदै आएकी नायिका स्वस्तिमा खड्काको रुप र हुलिया दुरुस्तै आम टेम्पो चालिका युवतीको जस्तै देखिएको छ ।

आगामी फागुन ३ गते भ्यालेन्टाइनको छेको पारेर प्रदर्शनमा आउने फिल्म बुलबुलको खुद्राखाद्री मायाले बोलको गीत लोकप्रिय हुँदै गएको छ । फिल्मका निर्देशक विनोद पोडेलले पटकपटक बुलबुल फिल्म मार्फत स्वस्तिमा खडकाको अभिनयमा नयाँ अवतार देखिने र फिल्म उद्योगले एक सशक्त नवनायक पनि पाउने दावी गर्दै आएका छन् । नायिका स्वस्तिमा खडकाले स्वयंले पनि यो फिल्म आफनो करियरकै कोशेढुंगा हुनेमा ठुलो आशा राखेको बताएकी छिन् ।

फिल्मका निर्माता अविरल थापाले अब हरेक १० दिनको अन्तरालमा अन्य रोचक र अनौठा प्रचार सामग्रीहरु क्रमश सार्वजनिक हुँदै जाने र फिल्ममा रहेको अर्को एक दमदार गीत पनि छिटै सार्वजनिक गरिने बताए । बुलबुलका कार्यकारी निर्माता रामराजा दाहाल हुन् भने छायाँकन सुसन प्रजापतिले गरेका छन् ।

फिल्ममा स्वस्तिमा खडकाका अलावा नवनायक मुकुन भुसाल, बुद्धि तामाङ्ग, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, एलिना कार्की, जोयश पाण्डे, उज्वल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय रहेको छ । फिल्मको संगीत कोशिस क्षेत्री र उदगम परियारले दिएकाछन् भने स्वर निश्चल बस्नेत र रजिना रिमालको रहेको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *