Search
Wednesday 16 January 2019
  • :
  • :

निर्मलाको निम्ती न्याय माग्दै सेड्रिना र शान्ति

निर्मलाको निम्ती न्याय माग्दै सेड्रिना र शान्ति

पछिल्लो समयमा नेपालमा बलात्कारपछि हत्याका घटना सार्वजनिक भइरहेको अवस्थामा निर्देशक विकास सुवेदीले यसै विषयमा भिडियोलाई केन्द्रित गरेका छन्। रंगमञ्चकी चर्चित कलाकार शान्ति गिरी र नाई न भन्नु ल ५ बाट डेब्यु गरेकी कलाकार सेड्रिना शर्माले भिडियोमा अभिनय गरेका छन्। भिडियोले निर्मला पन्तलाई न्याय होस भन्ने माग समेत गरेको छ।

प्रलाद शाहको शब्द रहेको ‘मेरी आमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। मेलिना राईको आवाज रहेको गीतमा संगीत नवीन कार्कीको रहेको छ।

अनिल के मानन्धरले खिचेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन्। म्युजिक भिडियो मनोरञ्जनको साधन मात्र होइन समाजको कथा बोल्ने र जनतासँग प्रत्यक्ष जोडिने विषय भएकाले गहन विषयमा भिडियो तयार गरेको निर्देशक सुवेदीले बताए।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *