Search
Wednesday 16 January 2019
  • :
  • :

गएको हप्ताबाट नेपालभर प्रदर्शनमा आएको चलचित्र प्रसादको सन्तोष जनक व्यापार

गएको हप्ताबाट नेपालभर प्रदर्शनमा आएको चलचित्र प्रसादको  सन्तोष जनक व्यापार

गएको हप्ताबाट नेपालभर प्रदर्शनमा आएको चलचित्र प्रसादले पनि सन्तोष जनक व्यापार गरिरहेको बताइएको छ । प्रदर्शनको एक हप्ता पूरा हँुदा चलचित्रले घरेलु बजारबाट २ करोड ग्रस कलेक्सन गर्न सफल भएको निर्माता सुवास थापाले बताए । चलचित्रले सुरुवाती २ दिनमा निकै आक्रामक व्यापार गरेको थियो त्यसयता भने चलचित्रले औसत व्यापार गरिरहेको छ । चलचित्रले २ दिनमै करिब १ करोडको व्यापार गर्न सफल भएको थियो । चलचित्रको विदेशमा पनि धेरै माग आएको निर्माताहरु बताउँछन् ।नेपालमा प्रदर्शन हुनुअगावै चलचित्र प्रसादले अन्तराष्ट्रिय व्यापार सुरु गरेको थियो । यो चलचित्र अस्ट्रेलिया, स्पेन, फिनल्याण्ड, यूके र यूएईमा नेपाल प्रदर्शन अघि नै बिक्री भैसकेको थियो । पछि जापान, कोरिया, अमेरिकालगायतकाअन्य केही देशहरुमा पनि प्रदर्शन गर्ने पक्का भइसकेको निर्देशक दिनेश राउतले बताए ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *