Search
Wednesday 16 January 2019
  • :
  • :

शहीद स्मारक ‘ए’ डिभिजन लिग : आज भएको खेलमा थ्री स्टार क्लब विजयी

शहीद स्मारक ‘ए’ डिभिजन लिग :  आज भएको खेलमा थ्री स्टार क्लब विजयी

 शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज भएको खेलमा थ्री स्टार क्लब विजयी भएको छ ।हल्चोकस्थित शसस्त्र प्रहरीको खेलमैदानमा भएको खेलमा मछिन्द्र क्लबलाई १–० गोलले पराजित गर्दै थ्रंी स्टारले महत्वपूर्ण तीन अङ्क जोडेको छ । थ्री स्टारको जितमा एक मात्र गोल रञ्जित धिमालले खेलको १२ औँ मिनेटमा पेनाल्टीमार्फत गरेका थिए ।थ्री स्टारका मिडफिल्डर निराजन खड्काले प्रहार गरेको बल मछिन्द्रका डिफेन्डर अञ्जन देवकोटाले हातले रोकेपछि थ्री स्टारले पेनाल्टी पाएको थियो । पेनाल्टीलाई धिमालले गोल गरेका हुन् ।जितपछि थ्री स्टारले आठ खेलबाट २१ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । मछिन्द्र तीन अङ्कसहित तालिकाको १३ औँ स्थानमा छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *