Search
Wednesday 16 January 2019
  • :
  • :

सारा संग नगरकोट गएको बारे अनमोलले खोले रहस्य, क्याप्टेन गीत रिलिजमा यस्तो भयो चर्काचर्की

सारा संग नगरकोट गएको बारे अनमोलले खोले रहस्य, क्याप्टेन गीत रिलिजमा यस्तो भयो चर्काचर्की

दर्पणनेपाल डटकम :
फाल्गुन १७ गतेको रिलिज मिति तय गर्दै चलचित्र “क्याप्टेन” ले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ | राजधानीमा एक भब्य कार्यक्रम बीच निर्माण पक्षले चलचित्र पहिलो अफिसियल गीत रिलिज गरेको हो | उक्त कार्यक्रममा पत्रकारहरुको भिडभाड निकै धेरै थियो | गीत देखाए संगै पत्रकारहरुले निर्माण पक्ष संग धेरै [प्रश्न समेत राखेका थिए |

केहि समय कार्यक्रम चर्काचर्की समेत भयो | नायक अनमोल केसीले पाएको उपनाम मेगा स्टारलाई लिएर उक्त कार्यक्रममा निकै चर्काचर्की भयो | यस्तै पत्रकारको केहि प्रश्नमा भुवन केसी जंगिए भने एता अनमोल केसीले नायिका सारा शिर्पाली संगको प्रेमको बारेमा पनि खुलासा गरे | चलचित्रको “रहर छ संगै” बोलको यो सुन्दर रोमान्टिक गीतमा दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत र सैलेन्द्र एम प्रधानको अरेन्ज रहेको छ |

गीतमा अन्जु पन्त र सुगम पोखरेलको सुमधुर स्वर समावेश रहेको छ | कविराज गहतराजको कोरियोग्राफीमा भिडियो निकै सुन्दर बनेको छ | भिडियोमा समावेश दृश्यहरुले अवश्य पनि दर्शकहरुको मन लोभिने छ | पुरा कार्यक्रमको माहोल थियो यस्तो हेर्नुस भिडियो :


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *