Search
Wednesday 16 January 2019
  • :
  • :

निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तले स्वीकारे अपराध

निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तले  स्वीकारे अपराध

निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तले अपराध स्वीकार गरेका छन्। सामूहिक बलात्कारपछि निर्मलाको हत्या गरेको उनीहरूले सोधपुछमा बताएका छन्। नयाँ पत्रिका दैनिकमा समाचार प्रदीप रावल र विशाल चौधरीले अपराध स्वीकार गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतले बतायो। महेन्द्रनगर–१८ भगतपुरका उनीहरू दुवै साथी हुन्। दुवै लागुऔषध सेवन गर्थे। उनीहरूबारे संकलन भएका विभिन्न प्रमाणले निर्मलाको बलात्कार र हत्यामा संलग्नताको बलियो आधार देखाएको अधिकारीहरू बताउँछन् तर, डिएनए रिपोर्ट नै निर्णायक हुने उनीहरूको भनाइ छ। पक्राउ परेका अर्का अभियुक्त दिनेश चौधरीको भने प्रत्यक्ष संलग्नता नदेखिएको प्रहरी अधिकारी बताउँछन्। विशाल र दिनेशलाई बिहीबार महेन्द्रनगरबाट काठमाडौं ल्याएर सोधपुछ अघि बढाइएको छ । उनीहरूलाई अभिभावकसहित काठमाडौं ल्याइएको हो।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *