Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नवप्रवेशी च्यासल युथ क्लबलको दोस्रो जीत

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नवप्रवेशी च्यासल युथ क्लबलको दोस्रो जीत

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नवप्रवेशी च्यासल युथ क्लबलले दोस्रो जीत निकालेको छ । एन्फा मैदान सातदोबाटोमा आज भएको दोस्रो खेलमा हिमालयन शेर्पा क्लबलाई २–१ गोलले पराजित गर्दै च्यासले महत्वपूर्ण तीन अङ्क जोडेको हो । पहिलो हाफमा १–० गोलले पछि परेको स्थिति उल्टाएर च्यासलले जीत निकालेको हो । च्यासललाई जीत दिलाउन सन्तोष साहुखलले एक गोल गरे । च्यासलले एक गोल आत्मघाती उपहार पाएको थियो । हिमालयन शेर्पाका त्रिदेभ गुरुङले एक गोल गर्दा निरज बस्नेतले आत्मघाती गोल गरे । खेलमा शुरुआती अग्रता भने हिमालयन शेर्पाले बनाएको थियो । खेलको १६औँ मिनेटमा त्रिदेभले गोल गर्दै हिमालयन शेर्पालाई अग्रता दिलाएका थिए । खेलको ५६औँ मिनेटमा साहुखलले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । खेलको ७३औँ मिनेटमा निरजले आत्मघाती गोल गर्दा च्यासल २–१ ले विजयी भयो । सुनिल खड्काले प्रहार गरेको बल निरजलाई लाग्दै गोल भएको थियो । खेलमा सन्तोष ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु १० हजार प्राप्त गरे । जीतसँगै च्यासलले छ खेलबाट सात अङ्क जोड्दै तालिकाको सातौँ स्थानमा उक्लिएको छ । पराजित हिमालयन शेर्पा १० अङ्क जोडेर छैटौँ स्थानमा छ । रासस


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *