Search
Saturday 16 February 2019
  • :
  • :
Latest Update

नेपाली संगीतमा प्रविधिको नया आयाम थप्दै संगीतकार मिन बिष्ट, थ्री डिमा रिलिज भयो ‘झ्याइँ झ्याइँ झ्याइँ’

नेपाली संगीतमा प्रविधिको नया आयाम थप्दै संगीतकार मिन बिष्ट, थ्री डिमा रिलिज भयो ‘झ्याइँ झ्याइँ झ्याइँ’

दर्पणनेपाल डटकम :
नेपाली सांगीतिक अहिले अवस्थामा धेरै नै विकास भएको क्षेत्र भन्दा कुनै फरक नपर्ला | समयले बिस्तारै कोल्टे फेर्दै गर्दा नेपाली सांगीतिक क्षेत्रले पनि छलाङ्ग मारेकै हो | यहि कारण त पहिले र अहिलेको नेपाली गीतमा सजिलै धेरै अन्तर थाहा पाउन र महसुस गर्न सकिन्छ | तर यो कुराहरु परिवर्तन हुनुमा धेरै कुराको समायोजन भएको देखिन्छ | त्यस मध्यको एक हो सांगीतिक क्षेत्रमा लागेका व्यक्तिहरु जसले लामो समय आफ्नो समय खर्चेर नेपाली सांगीतिक क्षेत्रको उचाई बढाएका छन् | त्यस्तै समय खर्चिने व्यक्तिहरु मध्यका एक हुन् मिन बिष्ट |

नेपाली सांगीतिक क्षेत्रमा २ दशक लामो यात्रा पार गरिसकेका व्यक्ति हुन् मिन बिष्ट | संगीत बुझेका र अनुभव गरेका व्यक्ति हुन् मिन बिष्ट | उनको क्षेमताको बर्णन गर्दा सायदै शब्द कम पर्न सक्छ | हुन त उनलाई धेरै माथिको उपाधि दिन खोजिएको पनि होइन तर उनको क्षेमताले उनलाई अरु भन्दा फरक बहने अवश्य नै बनाएको छ | २ दशक लामो यात्रामा उनले धेरै कुराको अनुभव गरिसके भने आफुलाई एक पछि अर्को तरिकाले निखार्दै अब्बल साबित पनि गरिरहेका छन् |

नेपाली सांगीतिक क्षेत्रमा उनले एउटा नया उदहारण स्थापित गर्ने प्रयासमा छन् | यहि अनुरुप उनको ‘झ्याइँ झ्याइँ झ्याइँ’ बोलको गीत यति बेला रिलिज भएको छ | उनले यो गीत थ्री डिमा पेश गरेका छन् | हुन त यो सुन्दा अचम्म लाग्न सक्छ | तर सत्य यहि नै हो | प्राय थ्री डि शब्द सुनिने भनेको चलचित्र या भिडियोमा या गेम्समा हो तर संगीतमा पनि थ्री डि भने भर्खर प्रचलनमा आउदैछ | दृश्यमा मात्रै तेस्रो आयाम हुँदैन,ध्वनिमा पनि तेस्रो आयाम हुन्छ भन्ने कुराको विवरण मिन बिष्टले दिए |

आँखा चिम्लेर हामी ध्वनि सुनेको भरमा कुनै वस्तुको पहिचान र त्यसको दूरीको अनुमान गर्न सक्छौं । प्रविधिको यो उपयोग संगीतमा गर्दै नेपालमा पनि मीन बिष्टले फेरी थ्रिडि गीत निकालेका छन् । कला साहित्य चेप्टो हुनु हुँदैन भनेर उहिल्यै आयामेली साहित्यकारहरुले तेस्रोआयामको साहित्यिक आन्दोलन गरेका हुन् । विश्व संगीतमा गीतको प्रस्तुति र विषय वस्तुको विविधताले गर्दा त्यो चेप्टोपना देखिँदैन तर नेपाली गीतहरु भने युवायुवती बीचको मायाप्रीतिको विषयमा एक स्थाइ र दुई समान लय र मात्राका अन्तराहरुमा बाँधिने गरिएको छ ।

यसैमा मात्रै सीमित रहेर चेप्टोपनाको आभाष दिइरहेको सबैले महशुस गरिएको हो । यसलाई केही हद सम्म यो गीतले मेटाउने छ र नयाँ स्वाद पक्कै दिने छ । यस गीतमा शब्द जानु काम्बाङ लिम्बु रहेको छ भने एरेन्ज कुमार थापाले गरेका हुन । नम्रता राई र राम धिमालको स्वरमा रहेको यो गीतमा मिन आफैले संगीत भरेका छन् हेडफोन अनिवार्य लाएर सुन्ने आग्रह गरेको यस गीतमा बाजाहरु विभिन्न स्थानबाट बजेको सुन्न सकिन्छ, गीत हेर्न भन्दा सुन्न बनाउनु पर्छ भन्ने मान्यत मिनले राख्दछन् । जसले गर्दा गीतद्वारा स्रोताको मस्तिष्कमा दृश्य निर्माण गर्न यो गीत सक्षम छ ।

नेपाली संगीतमा विशेषत मिक्सिङ इन्जिनियरको काममा परिचय बनाएका मिन बिष्ट चलचित्रकर्मी पनि हुन् । नेपाली गीत संगीतलाई मन पराउने स्रोता दर्शकहरुले यो गीतलाई माया गरेर सुनेर सबै सामु पुर्याएर साथ दिनको लागि मिन बिष्टले सबैमा अनुरोध गर्दै सल्लाह र सुझावको पनि अनुरोध गरेका छन् । दर्शक र स्रोताहरुको निरन्तर साथ र सहयोग पाएको खण्डमा भविष्यमा यस्तै नयाँ नयाँ प्रस्तुतीहरु दिंदै जाने प्रतिबद्धता समेत मिन बिष्टले जाहेर गरेका छन् |

हेर्नुस भिडियो :


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *