Search
Friday 14 December 2018
  • :
  • :
Latest Update

म्यानचेष्टर सिटी प्रिमियर लिगमा शीर्ष स्थानमा पुन: पाँच अंकको अग्रता

म्यानचेष्टर सिटी  प्रिमियर लिगमा शीर्ष स्थानमा पुन: पाँच अंकको अग्रता

म्यानचेष्टर सिटीले प्रिमियर लिगमा गएराती वाटफोर्डलाई पराजित गर्दै शीर्ष स्थानमा पुन: पाँच अंकको अग्रता बनाएको छ। सिटीले वाटफोर्डलाई उसैको मैदानमा २-१ ले पराजित गर्‍यो। सिटीका लागि लरेय साने र रियाद महारेजले एक-एक गोल गरे। वाटफोर्डका लागि अब्दुलाए डोकुरले अलको अन्त्यतिर सान्त्वना गोल फर्काए यस सिजन अपराजित यात्रालाई १५ खेलसम्म पुर्‍याएको सिटीले दोस्रो स्थानको लिभरपुलभन्दा ५ अंक बढी जोडेको छ। सिटीले १३ खेल जितेको छ भने २ खेल बराबरी खेलेको छ। १५ खेलबाट ४१ अंक जोडेको सिटी शीर्ष स्थानमा आसिन छ। एक खेल कम खेलेको लिभरपुलको ३६ अंक छ।
यसैगरी हडर्शफिलडलाई २-१ ले पराजित गर्दै एएफसी बर्नमाउथ छैटौँ स्थानमा उक्लेको छ। बर्नमाउथको १५ खेलबाट २३ अंक भएको छ। यस्तै ब्राइटनले क्रिस्टल प्यालेस र वेष्टहमले बर्नलीलाई समान ३-१ ले पराजित गरेको छ ।


Loading...


Leave a Reply

Your email address will not be published. Required fields are marked *